Home / Feature Breaking news / गठबन्धनको समर्थनमा महिलाहरुको उत्साहजनक सहभागिता, उपलब्धी रक्षासँगै स्थायी सरकारका लागि महिलाहरुको निर्णायक मत

गठबन्धनको समर्थनमा महिलाहरुको उत्साहजनक सहभागिता, उपलब्धी रक्षासँगै स्थायी सरकारका लागि महिलाहरुको निर्णायक मत

दाङ, १ मंसीर ।

मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि क्षेत्र नं। २ मा गठबन्धनका उम्मेदवारहरुको समर्थनमा महिलाहरुले उत्साहजक सहभागिता जनाएका छन् । क्षेत्र नं। २ महिला परिचलान समितिको आयोजनामा भएको बुधवार घोराहीमा भएको कार्यक्रममा महिलाहरुको उत्साहजनक सहभागीता रहेको हो ।

राष्ट्रियता, लोकतन्त्र र संविधानको रक्षा तथा समृद्धिका लागि गठबन्धनको पक्षमा विभिन्न जातजातिको भेषभुषा तथा नृत्यसहित महिलाहरुले घोराहीमा बृह्त प्रदर्शन गरेका हुन । घोराहीको ट्राफिकचोकबाट सुरु भएको बृह्त ¥याली गौतमनगर टोल, दुरसंचार, नयाँ बजार, सहिद लखन थापा पार्क, दामोदर चोक हुँदै तुलसीपुर चोकमा पुगेर सभामा परिणत भएको थियो ।

सभालाई सम्वोधन गर्ने बक्ताहरुले महिलाहरुको बृहत प्रदर्शनीले गठबन्धनलाई बिजय उन्मुख गराएको भन्दै मंसिर ४ गते मतदान गरेर बिजयको सुश्चिितता गर्न सहभागीहरुलाई आग्रह गरेका थिए ।

बक्ताहरुले निर्वाचन जित्नका लागि मात्रै अहिले पाँच दलिय गठबन्धन नबनेको भन्दै संसद विगठन गर्ने र जनताको उपलव्धीहरुलाई मास्न खोज्नेहरुका विरुद्धमा भएकाले मतदाताहरुलाई कहीकतै नअल्मलाई गठबन्धनका पक्षँमा मतदान गर्न अनुरोध गरेका थिए । कार्यक्रमलाई सम्वोधन गर्दै नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य तथा दाङ क्षेत्र न २ का प्रतिनिसभा उम्मेदवार रेखा शर्माले महिलाहरुको उत्साहजनक सहभागीताले गठबन्धनलाई बिजयी उन्मुख गराएको बताइन ।

उम्मेदवार शर्माले घोराहीमा महिलाहरुका विशाल प्रदर्शन राष्ट्रियता, लोकतन्त्र र संविधानको रक्षासँगै समृद्धिका लागि भएको समेत बताइन । ‘घोराहीमा भएको महिलाहरुको यो विशाल प्रदर्शन राष्ट्रियता, लोकतन्त्र र संविधानको रक्षासँगै मुलकको समृद्धिका लागि हो’,उनले भनिन्,‘त्यसका लागि स्थायी सरकार आवश्यक रहेको छ ।

त्यसैगरी शर्माले आफु संसद हुँदा महिला, जनजाती, थारु समुदायसंगै उत्पीडित दलित, मधेसीलगायतका समुदायको हकअधिकारका लागि लडेकाले अहिले त्यस्ता व्यक्तिहरुको समर्थन गठबन्धनलाई हुने बताएकी थिइन । कार्यक्रममा नेपाली कांग्रेस लुम्विनी प्रदेश उपसभापति तथा क्षेत्र नं। २ ९१०का प्रदेशसभा सदस्यका उम्मेदवार राजु खनालले जनताका अधिकारको रक्षासँगै विकासका लागि गठबन्धनका उम्मेदवारलाई मतदान गर्न आग्रह गरेका थिए ।

प्रदेशसभा उम्मेदवार खनालले दाङको समृद्धिका लागि जोडिएको फोरलेन सडक विस्तारको काम एमाले उम्मेदवारकै कारण अलपत्र परेको आरोप लगाए । ‘आफै जनप्रतिनिधि, आफनै छोरालाई सडक निर्माणको ठेक्का पार्नाले नै फोरलेन सडक विस्तारको काम रोकिएको हो’,उम्मेदवार खनालले भने,‘काम अलपल पार्ने छोरा र संरक्षण गर्ने आफ्नै पाटीको सरकार भएकाले दंगाली जनताले दुख पाएका हुन ।’

त्यसैगरी कार्यक्रममा क्षेत्र नं। २ ९२० प्रदेश सभा सदस्य प्रचण्डबिक्रम न्यौपानेले बिकास,समृद्विसँगै युवालाई रोजगार, जनजाति,महिला,दलित, अल्पंख्यकलगायतका समुदायको अधिकारका गठबन्धनका लागि मतदान गन आग्रह गरे । उनले त्यसका लागि अहिलेको निर्वाचन सूनौलो अवसर भएको बताए ।

‘यो निर्वाचन समृद्धिसँगैे युवा,महिला,बालबालिकाहरुको भबिस्यसँग जोडिएको निर्वाचन हो’,उम्मेदवार न्यौपानेले भने,‘मतदान गर्दा सोचेर आफुलाई मन परेको र केही गर्न सक्ने उम्मेदवारलाई मतदान गर्नुहोस ।’

उनले महिला दिदीबहिनीसँगै युवाहरुले मतदान गर्दा पसलमा तरकारी किन्दा राम्रो तरकारी छनोट गरेर जस्तै मतदान गर्दापनि राम्रो र काम गर्न सक्ने उम्मेवारलाई छनोट गर्न आग्रह गरेक ाथि ए ।

कार्यक्रममा एकीकृत समाजबादी पार्टी निकट महिला संगठनकी ससमती चौधरी,राष्ट्रिय जनमोर्चाका प्रतिनिधिसभा सदस्यका समानुपातिक उम्मेदवार कृष्णा रानालगायतले बोलेका थिए ।

क्षेत्र नं। २ महिला परिचालन समितिका संयोजक तथा नेपाल महिला संघकी अध्यक्ष गोमा रावतको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण दिलकुमारी पुनले कार्यक्रमको सहजीकरण गरेकी थिइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*