Home / Feature Breaking news / लौ आयो लाखे नाच !

लौ आयो लाखे नाच !

घोराही, १० साउन
दाङमा लाखे नाच सुरु भएको छ । नेवार सेवा समिति दाङले घोराहीमा लाखे नाच सुरु गरेको हो । हरेक वर्ष निकालिने लाखे नाच यसवर्ष पनि सुरु भएको हो । नेवार समुदायका युवाहरुले हरेक वर्ष लाखे नाच निकाल्ने गर्दछन् । नेवार समुदायको कला, संस्कृति भएकाले हरेक वर्ष लाखे नाच निकालीने गरेको समितिका जिल्ला सचिव रोशनमान श्रेष्ठले जानकारी दिनुभयो ।
जिल्लामा मनोरञ्जनको मुख्य माध्यमको रुपमा रहेको लाखे नाच हरेक वर्ष निकालिन्छ । केही वर्ष पहिलेसम्म हरेक गाँउगाँउमा नाचीने लाखे नाच पछिल्लो समय निश्चीत स्थानहरुमा मात्र नाचीने गरिन्छ ।
हिन्दू धर्म अनुसार द्वापरयुगमा भगवान श्रीकृष्ण र उनका मामा कंशबीचको लडाईंको अभिनय गरी मनाइने लाखे पर्व झन्डै एक महिनासम्म मनाइन्छ ।
साउन चर्तुदशीका दिनबाट सुरु भएको लाखे पर्व कृष्ण जन्माष्टमीको भोलिपल्ट कृष्णले कंशलाई नाश गरेको दिनमा सकिने गर्छ । लाखे पर्वका अवसरमा एक महिनासम्म गाईजात्रा, रोपाईं जात्रा, कृष्णजन्माष्टमीको जात्रा लगायतका बिभिन्न जात्राहरु देखाउने चलन पनि छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*