Home / समाचार / लोकतन्त्र रक्षा र संविधान कार्यान्वयनकालागि कांग्रेसको नेतृत्व आवश्यकः न्यौपाने

लोकतन्त्र रक्षा र संविधान कार्यान्वयनकालागि कांग्रेसको नेतृत्व आवश्यकः न्यौपाने

दाङ, २२ कार्तिक
आगमी मंसीर २१ गते हुने निर्वाचनमा प्रदेश सभा सदस्यकालागि (ख) का उमेद्वार भरतबहादुर न्यौपानेले लोकतन्त्र र संविधानको रक्षाकालागि कांग्रेसको नेतृत्व आवश्यक भएको बताउनुभएको छ ।

नेपाली कांग्रेसको चुनावी कार्यक्रम अन्तरगत घोराही उपमहानगरपालिका– ६ गुरुवागाँउमा भएको कार्यक्रममा बोल्दै न्यौपानेले यस्तो बताउनुभएको हो ।

कांग्रेस बाहेक अन्य दलले निर्वाचन जितेमा लोकतन्त्र र संविधान नै खतरामा पर्ने उहाँको भनाई छ । लोकतन्त्रको रक्षा र संविधान कार्यान्वयनकालागि कांग्रेसले जित्न आवश्यक रहेको न्यौपानेले बताउनुभयो ।

लोकतन्त्र रक्षकहरु र अधिनायकवादबीचको जनमत संग्रहको रुपमा अहिलेको निर्वाचन रहेको न्यौपानेको भनाई छ ।

लोकतन्त्र बचाउने की देशलाई अधिनायकवाद तर्फ लैजाने त्यसको छिनोफानो गर्ने जिम्मा मतदातहरुमा रहेको भन्दै उहाँले लोकतन्त्र रक्षाकालागि सहयोग गर्न मतदाताहरुलाई अनुरोध गर्नुभयो ।

‘लोकतन्त्र रक्षकहरु र अधिनायकवादबीचको जनमत संग्रहको रुपमा अहिलेको निर्वाचन देखिएको छ’ न्यौपानेले भन्नुभयो– ‘अब कुन रोज्नुहुन्छ तपाईहरुको जिम्मा छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*