Home / Feature Breaking news / अवैध रुपमा नदी जन्य पदार्थ ओसारपसार गर्न सवारी नियन्त्रणमा

अवैध रुपमा नदी जन्य पदार्थ ओसारपसार गर्न सवारी नियन्त्रणमा

दाङ, २८ असार । अवैध रुपमा नदिजन्य पदार्थ उत्खनन गर्ने सवारी साधनहरुलाई दाङ्ग प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरी टोलीले अवैध नदि जन्य पदार्थ उत्खनन् तथा ओसार पसार गरि रहेको अबस्थामा भे १ क ११६८ नम्बरको जेसिबी, भे २ त १०९ नम्बरको टेक्टर, रा १ त २९५५, भे १ त ९०६५, रा १ त७५२ र रा १ त ४१७८ नम्बरको टेक्टरहरुलाई नियाँतनमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्त मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।

ईलाका प्रहरी कार्यालय नारायणपुर, प्रहरी चौकी गोल्टाकुरी, चौकी रामपुर,अस्थायी प्रहरी पोष्ट पर्सेनि र अम्बेकेश्वरी बाट खटिएको प्रहरी टोलीले ति टेक्टरलाई नियन्त्रणमा ल्याएको हो । प्रहरीको नियन्त्रणमा रहेका टेक्टरको अनुसन्धान भईरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*