Home / खेलकुद / ५३ वर्षपछि युरोको उपाधि इटलीले जित्‍यो

५३ वर्षपछि युरोको उपाधि इटलीले जित्‍यो

युरो २०२० को उपाधि इटालीले जितेको छ । लण्डनस्थित वेम्बली रंगशालामा सोमबार बिहान भएको खेलमा पेनाल्टी सुटआउटमा इङ्ल्याण्डलाई ३-२ गोल अन्तरले हराउँदै इटालीले जितेको हो ।

निर्धारित तथा अतिरिक्त समयको खेल १-१ गोलको बराबरीमा सकिएको थियो । पेनाल्टी सुटआउट भएको हो । सुटआउटमा इटलीका लागि डोमेनिको बेरार्डी, लियोनार्दो बोनुीची र फेडेरिको बर्नाडेसी गोल गरेका थिए । इंग्ल्याण्डका ह्यारी केन र ह्यारी मग्वायरले मात्र गोल गरेका थिए ।

सुटआउटमा इटलीका गोलकिपर जियानलुजी डोनारूम्बाले जाडोन सान्चो र बुकायो शाकाको प्रहार गोल हुनबाट बचाएका थिए ।

५३ वर्षपछि पहिलो पटक युरो जितेको हो । १९६८ मा इटलीले पहिलो पटक युरोको उपाधि जितेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*