Home / Feature Breaking news / अटोभिल्लाद्वारा पत्रकारहरुकालागि स्वास्थ्य सामाग्री

अटोभिल्लाद्वारा पत्रकारहरुकालागि स्वास्थ्य सामाग्री

घोराही, १६ जेठ
कोरोना भाईरसको संक्रमणको समयमा रिपोर्टिङमा रहने पत्रकारहरुकालागि अटोभिल्ला बिजनेश ग्रुप प्रलिले स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।

घोराही उपमहानगरपालिका वडा नम्बर १४ मा रहेको अटोभिल्ला बिजनेश ग्रुप प्रालिले नेपाल प्रेस युनियन दाङलाई मास्क र सेनिटाइजर सहयोग गरेको हो । प्रालिका प्रबन्ध निर्देशक सुशील पोख्रेललले युनियन दाङका अध्यक्ष सन्तोष सुवेदी र सचिव आर.के.शीतललाई पत्रकारहरुकालागी २ सय ५० पीस मेडिकल मास्क र ३५ थान सेनिटाइजर प्रदान गर्नुभएको हो ।

उक्त अवसरमा नेपाल पत्रकार महासंघका केन्द्रिय उपाध्यक्ष विपुल पोख्रेल र दाङ जिल्ला उद्योग वाणिज्य संघका वाणिज्य उपाध्यक्ष टंकसिंह बुढाथोकीको उपस्थिति रहेको थियो ।
स्वास्थ्य सामाग्री प्रदान गर्दै अटो भिल्ला बिजनेश ग्रुपका प्रवन्ध निर्देशक सुशील पोख्रेलले कोरोना भाइरस संंक्रमणको समयमा पनि निरन्तर रिपोटिङमा रहेका पत्रकारहरुकालागी सहयोग होस् भनेर मास्क र सेनिटाइजर प्रदान गरेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*