Home / समाचार / महिला सामुदायिकद्वारा रुकुमको जातिय विभेद घटनाका दोषीलाई कारबाहीको माग

महिला सामुदायिकद्वारा रुकुमको जातिय विभेद घटनाका दोषीलाई कारबाहीको माग

दाङ, १६ जेठ

पश्चीम रुकुमको चौरजहारी  नगरपालीका ८ मा जातिय विभेदका कारण भएको घटनाका दोषीलाई हदैसम्मको कारबाही गर्न नेपाल महिला सामुदायिक सेवा केन्द्रले माग गरेको छ ।

दलित युवा र गैर दलित महिलाबिचको प्रेमका विषयमा भएको विवादमा दलित युवा सहित अन्य युवाहरुको हत्या र वेपत्ता बनाउने कार्यप्रति दुःद व्यक्त गर्दै केन्द्रले दोषीहरुलाई हदैसम्मको कारबाही गर्न माग गरेको छ ।

केन्द्रका संस्थापक अध्यक्ष विमला योगीले आज शुक्रवार एक विज्ञप्ती जारी गर्दै जातिय विभेदका कारण भएको दुखद् घटनामा संंलग्न पिडकहरुलाई हदैसम्मको कारवाही र पिडितलाई न्याय प्रदान गर्न राज्यसँग माग गर्नुभएको छ ।

Final_NWCSC_Press_Release_2077

‘अन्तरजातिय प्रेमको कारण भएको यो घटनाले नेपाली समाज अझै मध्ययुगीन असभ्यताको अभ्यासमा ब्यस्त छ भन्ने कुरा स्पष्ट भएको छ । जातिय छुवाछुतको विभेदीकरण भएको र मानिसले स्वतन्त्रतापुर्व बाच्न पाउनु पर्ने मानब अधिकार हनन् भएको अवस्थामा मानीसको ब्यक्तिगत स्वतन्त्रताको अधिकार सुनिश्चीतताका कायम रहोस् । यस असंबैधानिक तथा गैर कानुनी अपराधको घोर भत्सर्ना गर्दछौ ।’ विज्ञप्तीमा भनिएको छ– ‘यस दुखद घटनामा संलग्न दोषीलाई हदै सम्मको कारवाही, पिडितलाई न्याय प्रदान होस् र राज्यले आग्रह पुर्वाग्रह नराखी जातिय विभेदको घटनाबाट खिन्न नेपाली समाजलाई न्याय प्रदान गर्न यस्ता जातीय बिभेदकारीलाई कडा कारवाही होस भन्ने माग गर्दछौ ।’

साथै विज्ञप्तीमा सोही घटनालाई लिएर दाङ जिल्ला संयुक्त दलित संर्घष समितिले गरेको बिरोध कार्यक्रममा ऐक्यवद्धता रहेको उल्लेख गर्दै राज्यमा सामाजिक न्याय, सामाजिक सदभाब र मानब अधिकारको सुनिश्चिताको प्रत्याभुतिका लागी अपिल पनि व्यक्त गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*