घोराही, ७ असोज
विजयादशमी तथा दिपावलीको अवसरमा आज शनिवार घोराहीमा सांस्कृतिक कार्यक्रम हुने भएको छ ।
नेपाल सांस्कृतिका पेशाकर्मी संघ दाङको आयोजनामा दशै विशेष सांस्कृतिक कार्यक्रम हुने भएको हो । सांस्कृतिक रुपान्तरण्(ा हाम्रो अभियान भन्ने मूल नाराका साथमा कार्यक्रम हुन लागेको हो ।
विहान ११ बजेदेखी घोराहीको वुद्धि पार्टि प्यालेस घोराही, बुद्धि ग्यारेज चोकमा हुने कार्यक्रममा कलाकारहरु गोविन्दमधुर आचार्य, तिलक वली, सुशीला गौतम, मधु क्षेत्री, अमृता लामीछाने, कश्मीरा रसाईली, रोशन वली, मधुसुदन डाँगी, लोसीना लामीछाने लगायतका कलाकारहरुको प्रस्तुति रहने सुनिल विसीले जानकारी दिनुभयो ।
साथै कार्यक्रममा उपस्थित हुन सम्पूर्णमा उहाँले अनुरोध पनि गर्नुभएको छ ।
RaptiSandesh RaptiSandesh