काठमाडाैँ, ८ असाेज
१ सय ३६ स्थानीय तह रहेका प्रदेश २ मा मतगणना सुस्त भएकाले चुनाव सकिएको सातौ दिन आइतबार बिहान ६ बजेसम्म १ सय २० स्थानीय तहको मात्र परिणाम आएको छ ।
असोज २ गते भएको निर्वाचनको सम्पूर्ण परिणाम ५ दिनभित्र आइसक्ने निर्वाचन आयोगले बताएको थियो। तर, मत गन्ने काम सुस्त भएकाले अझै केही दिन लम्बिने देखिएको छ ।
अहिलेसम्म सार्वजनिक भएको मत परिणाम अनुसार नेपाली काँग्रेसले सर्वाधिक ३६ तह जितेर आफूलाई शीर्ष स्थानमा राखेको छ ।
दोस्रो स्थानको संघीय समाजवादी फोरमको २२, माओवादी केन्द्रको २०, राजपाको २०, एमालेले १५, नेपाल लोकतान्त्रिक दलले ३, नेपाली नेपाली जनता दलले २ तथा नयाँ शक्तिले १ तह जितेको छ ।
१३६ स्थानीय तहको छिनोफानो हुँदै गर्दा काँग्रेस ५, माओवादी ३, संघीय फोरम ३, राजपा २, एमाले ३ तथा नयाँ शक्ति १ तहमा अगाडि छ।
को कहाँ अगाडि
कांग्रेसले अग्रता लिएका स्थानीय निकाय
- बारा :-बारागढी गाउँपालिका देवदत्त बछारु थारु
- पर्सा:-बिरगंज महानगरपालिका अजय द्धिवेदी
- सप्तरी:-कञ्चनरुप नगरपालिका ललनप्रसाद गुप्ता
- सप्तरी:-खडक नगरपालिका किरण कुमार भगत
- रौतहट:-गरुडा नगरपालिका सुनिलकुमार यादव
माओवादीले अग्रता लिएका स्थानीय निकाय
- धनुषा:-सबैला नगरपालिका अक्षयलाला यादव
- बारा :-आदर्श कोटवाल गाउँपालिका शम्भु महतो मण्डल
- सर्लाही :-बरहथवा नगरपालिका देवानन्द महतो
- महोत्तरी :-पिपरा गाउँपालिका रामजानकी यादव
- सर्लाही :-हरिपुर नगरपालिका सुनिलकुमार बुढाथोकी
एमालेले अग्रता लिएका स्थानीय तह
- बारा :-कलैया उपमहानगरपालिका विनोद शाह
- बारा :-कोल्हवी नगरपालिका भरतबहादुर भण्डारी
- ईश्वरपुर नगरपालिका मनोज देवकोटा
- सप्तरी:-शम्भुनाथ नगरपालिका जितेन्द्र प्रसाद गुप्ता कलवार
संघीय समाजवादी फोरमले अग्रता लिएका स्थान
- सप्तरीः- राजबिराज नगरपालिका भिमराज यादव
- सर्लाही :-कविलासी नगरपालिका ब्रमहदेव राय
- रौतहट:-कटहरिया नगरपालिका जहरवाल प्रसाद यादव
- सिराहा:-सिरहा नगरपालिका अश्वेधर प्रसाद यादव
राजपाले अग्रता लिएका स्थानीय तह
- महोत्तरी :-मनरा नगरपालिका संजयकुमार सिंह
- धनुषा:-जनकपुर उपमहानगरपालिका लालकिशोर साह
सेताेपाटी अनलाइनबाट