Home / Feature Breaking news / दाङमा सिँचाईको २५ करोड बजेट फ्रिज

दाङमा सिँचाईको २५ करोड बजेट फ्रिज

बिमला घर्ती
घोराही, १६ साउन

दाङ खेती योग्य जमिन भएको ठाउँ हो । तर प्रयाप्त मात्रामा सिचाइँ नहुँदा उत्पादनमा कमी आएको तथ्याङ्क सार्वजनिक भैरहेका छन् । जिल्लाको ६९ हजार नौ सय ५० हेक्टर क्षेत्रफल खेती योग्य जमिन हो ।

जसमा ६५ हजार ९ सय ८० हेक्टर क्षेत्रफलमा खेती गरिएको छ । यी खेतीयोग्य जमिन मध्ये पनि बाह्रै महिना सिचाइँ हुने जमिनको क्षेत्रफल १९ हजार ६ सय ५१ हेक्टर रहेको छ । भने मौसमी सिचाइँ हुने जमिनको क्षेत्रफल ३९ हजार दुई सय ११ हेक्टर क्षेत्रफल रहेको छ । सिचाइँ सुविधा नपुगेका क्षेत्रहरुमा सिचाइँ आयोजनाका विभिन्न कार्यक्रमहरु चलिरहेका छन् । तर सिचाइँ आयोजनाका कार्यक्रमहरु समयमा सम्पन्न हुन नसक्दा बजेट फ्रिज भएका छन् ।

आर्थिक वर्ष २०७४÷०७५ मा मात्र जिल्लामा सिँचाईका लागि आएको करिब २५ करोड रुपैया खर्च हुन नसकेर फ्रिज भएको छ । बृहत दाङ सिँचाई योजनाको १७ करोड ८७ लाख ७३ हजार तथा मध्यपश्चिम सिंचाई विकास डिभिजनको  २ करोड ९० लाख, प्रगन्ना बड्कापथ सिँचाई आयोजनाको १५ लाख ११ हजार एवं भूमिगत जल सिंचाई विकास डिभिजनको  २९ लाख ८९ हजार रुपैया फ्रिज भएको हो ।

कृषि, भौतिक पुर्वाधार, सडक, जमिन कटान नियन्त्रण लगायत क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएपनि वर्षेनी करौडो रकमको बजेट जिल्लामा फ्रिज हुँदै आएको छ । जिल्लाको देउखुरी लगायत क्षेत्रमा नदीले जमिन कटान गर्ने समस्या छ । तर कटान नियन्त्रणका लागि आएको बजेट वर्षेनी फ्रिज हुँदै आएको छ ।

भर्खर सकिएको आर्थिक वर्ष पनि जल उत्पन्न प्रको प नियन्त्रण कार्यालयको  कुल बजे ट २८ करो ड ८६ लाखमध्ये  एक करो ड ३१ लाख ८७ हजार, जनताको  तटबन्धको  कुल बजेट एक अर्ब १८ करो ड ५३ लाख ८५ हजारमध्ये  एकलाख ७१ हजार रुपैया फ्रिज भएको कोष तथा लेखा नियन्त्रण कार्यालय दाङले जानकारी दिएको छ ।

यस्तै विकासका लागि आधारभुत पुर्वाधारका रुपमा मानिने सडकतर्फ पनि बितेको आर्थिक वर्षमा अरर्बौ बजेट फ्रिज भएको छ । जसमा मध्यपहाडी लो कमार्ग सडक आयो जनाको  कुल बजे ट पाँच अर्ब २६ करो ड ७२ लाख ७४ हजारमध्ये  ३० करो ड ७९ लाख ५८ हजार एक सय ९३ रुपै या र सडक डिभिजन कार्यालय दाङको  कुल बजेट एक अर्ब ६७ करोड ५६ लाख ५० हजार आठ सय दुई रुपैया मध्ये  ३१ करो ड ५० लाख २६ हजार ८१ रुपैया फ्रिज भएको छ ।

जिल्लामा सडक, पुलपुले सा, सिंचाई, विद्युत, खानेपानीका भौतिक संरचना निर्माण लगायतका विकासे  काम अलपत्र अवस्थामा छन । विकासप्रति जनताको तिव्र अपेक्षा छ । वर्षेनि यो जना बन्छन । बजे ट आउछ, तर रकम खर्च हुँदैन ।

नयाँ जनप्रतिनिधि आएसँगै विकास र समृद्धिका लागि कृषि, सडक, विद्युत, नदी कटान नियन्त्रणलाई प्राथमिकतामा राखेर समस्या समाधान गर्ने प्रतिबद्धता पनि जनाएका छन् । तर समस्या बजेट नभएर भन्दा पनि भएको बजेट खर्च गर्न नसक्दा उत्पन्न भएको छ ।

कोष तथा लेखा नियन्त्रण कार्यालयका सुचना अधिकारी उदय भण्डारीले बर्षेनी अर्बो रकमको विकास बजेट फ्रिज हुँदै आएको जानकारी दिनुभयो । विकासका काम ढिलासुस्ती, आर्थिक वर्षको अन्तयमा आएर बजेट खर्चने परिपाटी, उपभोक्ता समिति गठनमा हुने ढिलाईका कारण बजेट फ्रिज हुने गरेको उहाँले बताउनुभयो । विकास सबैलाई चाहिएको छ । तर पृवृति पुरानै छ ।

विकास निर्माणको काम ढिला गर्ने पृवृतिले नै बजेट फ्रिज हुने गरेको छ । सुचना अधिकारी भण्डारीले  भन्नुभयो । त्यस्तै प्राविधिक क्षमता र दक्षताभन्दा सस् तो  मूल्यमा काम गर्नेलाई योजना दिने राज्यको  नीतिका कारण बजेट फ्रिज हुँदै आएको छ ।

जिल्लामा बितेको आर्थिक वर्षमा कुल एक अर्ब बढी रकम फ्रिज भएको  छ । कोष तथा लेखा नियन्त्रण कार्यालय दाङका अनुसार  बितेको आर्थिक  वर्षको चालुगत बजेट आठ अर्ब ४७ करो ड ७२ लाख २५ हजार चार सय ६१ रुपै या ९६ पैसामध्ये  सात अर्ब ९४ करो ड ७२ लाख ३४ हजार एक सय छ रुपै या ४८ पैसा मात्रै  खर्च भएको  छ भने  ५२ करो ड ९९ लाख ९१ हजार तीन सय ५५ रुपै या ४८ पैसा फ्रिज भएको  छ ।

त्यस् तै  आव २०७४÷०७५ को  जिलाको  कुल पुँजीगत बजे ट ११ अर्ब २४ करो ड ९२ लाख ७० हजारमध्ये  १० अर्ब १५ करो ड ६६ लाख ७८ हजार दुई सय ८९ रुपै या ८४ पै सा मात्रै  खर्च भएको  छ । जसमध्ये  एक अर्ब नौ  करो ड २५ लाख ९१ हजार सात सय १० रुपै या २० पै सा फ्रिज भएको  सूचना कार्यालयका सुचना अधिकारी उदय भण्डारीले  जानकारी दिनुभयो । जुन विकास बजेटको करिब ११ प्रतिशत हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*