हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजको रौनक गीतमा पनि हुन्छ । तीज गीतको आफ्नै महत्व छ । आफ्नै फरक पहिचान छ । तीजमा धेरै कलाकारहरुले गीत बजारमा ल्याउछन् ।
हिन्दु नारीहरुको महान् पर्व हरितालिका जीतको अवसरमा धेरै तीज गीतहरु सार्वजनिक हुने गर्दछन् । हरेक वर्षको तीजको अवसरमा लोकदोहोरी क्षेत्रका कलाकारहरुमध्य धेरैले तीज गीत निकाल्ने गर्दछन् ।
यसवर्ष पनि धेरै कलाकारहरुले तीज गीत सार्वजनिक भईरहेका छन् । दंगाली कलाकारहरुले पनि यस वर्षको तीज गीतहरु धमाधम बजारमा ल्याईरहेका छन् । गीतले तीजको झल्को दिने गरेका छन् । तीज गीत बज्न सुरु गरेपछि पर्व नजिकीदै छ भन्ने भान यस्ता गीतहरुले दिने गर्दछन् ।
दंगाली गायिकाहरु ज्योति मगर र भूमिका गिरीले यसवर्षको तीज गीत ‘बिकृति’ ल्याएका छन् । उनीहरूले युट्युबमार्फत तीज गीत रिलिज गरेका थिए । गायिका भूमिका गिरीको नाममा रहेको युट्युब च्यानलमार्फत तीज गीत सार्वजनिक गरेका छन् ।
गीतमा भूमिका र ज्योतिको स्वर छ । भूमिकाको प्रस्तुतिमा रहेको यो तीज गीतमा शब्द नेत्र अर्यालले लेखेका हुन् । संगीत खेम सेञ्चुरीको हो । म्युजिक भिडियोमा गायिकाद्वय भूमिका र ज्योति आफैले पनि अभिनय गरेका छन् । उनीहरूलाई मोडलिङमा मालती घले, एञ्जिला वाईबा, सविता परियार र सीमा घर्तीले साथ दिएका छन् ।
म्युजिक भिडियोलाई प्रकाश भट्टको निर्देशन गरेका छन् । राजेश घिमिरेको क्यामरा, विष्णु शर्माको सम्पादन रहेको म्युजिक भिडियोमा ज्योति मगर अलिक मोटी देखिएकी छिन् ।
दंगाली गायिका भूमीका गिरी र रोल्पाली गायिका ज्योति मगरको यो गीतमा ज्योति मगरको पहिरनको बारेमा उठेका जिज्ञासालाई भूमीका गिरीले सोधेकी छिन् भने आफ्नो नराम्रो मात्र होईन राम्रो पाटोलाई पनि हेर्न ज्योति मगरले सबैमा अनुरोध गरेकी छिन् ।
यस्तै दंगाली गायीका सिर्जु अधिकारीको यसवर्षको तीज गीत सार्वजनिक भएको छ । लोक तथा दोहोरी गायिका सिर्जुले हरेक वर्ष झै यसवर्ष पनि तीज गीत ‘रातो सारी’ बोलको गीत यूट्यूवमार्फत सार्वजनिक भएको छ ।
सुमधुर स्वरकी धनी गायिका सिर्जुको यो गीत सार्वजनिक भएसँगै लोकप्रीय बनेको छ । धेरैको रोजाई बनेको यो गीतमा सीर्जुलाई खुमन अधिकारीले साथ दिएका छन् । यसपालीको तीजमा रातो सारी र कानमा झुम्का लगाएर मादलुको तालमा ठुम्का मारेर पुतली झै नाच्ने धोको गीतमार्फन व्यक्त गरेकी छीन्ः
गायीका र मोडलको रुपमा पनि आफूलाई नेपाली रंगमञ्चमा स्थापीत गरिसकेकी गायीका सीर्जुको यो गीत धेरेको रोजाई बनिसकेको छ । यसवर्षका उत्कृष्ट गीतमध्य यो पनि एक हो । सीर्जु अधिकारीको शब्द र लय रहेको यो गीतको झलक संगीतम्ले एरेञ्ज गरेका छन् भने आलाप रेकडिङ स्टुडीयोले बजार ल्याएको हो ।
जीवन रसाईलीे छायांकन, सम्पादन र निर्देशन गरेको यो गीतको म्यूजिक भिडियोलाई गोल्डेन कंगारु फिल्मस्ले बजारमा ल्याएको हो । सीर्जु अधिकारीका हरेक वर्षका तीज गीत एवं अन्य गीतहरु पनि चर्चामा रहेका छन् ।
दंगाली कलाकार केशव रावतको यसवर्षको तीज गीत पनि सार्वजनिक भएको छ । कलाकार केशव रावतले यसवर्ष दुई वटा तीज गीत बजारमा ल्याएका छन् ‘जापानीज साडीले मलाई सुहाउने बनायो’ र ‘स्याउली सोत्तर बगाई ल्यायो हापुरे खोलीले’ बोलको दुई वटा गीतहरु बजारमा ल्याएका छन् । दुईवटा गीतमध्य एउटा गीतको म्यूजिक भिडियो काठमाडौँमा नै छायांकन गरेर यूट्यूवमार्फत सार्वजनिक भईसकेको छ । ‘स्याउली सोत्तर बगाई लग्यो सलल’ बोलको गीतको म्यूजिक भिडियो काठमाडौमा तयार गरेका छन् । गीतमा केशव रावत र सरिता रावतको स्वर रहेको छ ।
गायीका ईन्दिरा गैरेले पनि यसवर्ष दुई वटा तीज गीत सार्वजनिक गरेकी छिन् । उनले तीजलाइ लक्षित गरि तीज गित ‘कोरियन सारी’ बजारमा ल्याएकी छिन् । अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नम्वर २ सितापुरमा जन्मिएकी सुमधुर स्वरकी धनी गायिका गैरेले विगतका बर्षहरुमा जस्तै यस बर्ष पनि तीज गित बजारमा लउन सफल हुनु भएको होे । मालति डिजिटल प्रा.लि.को प्रस्तुतीमा गायिका इन्दिरा गैरेको मौलिक तीज गीत ‘कोरियन सारी’ को गीत बजारमा आएसँगै लोकप्रीय बनेको छ ।
यस गीतमा ईन्दिरालाई गायक खुमन अधिकारीले साथ दिएका छन् । निर्देशक तथा मोडल काजिश श्रेष्ठले निर्देशन गरेको तीज गित यसवर्षका हालसम्म सार्वजनिक भएका उत्कृष्ट गीतमध्य एक हो । यस गीतमा अञ्जली अधिकारी र सुमन परियारको अभिनय रहेको छ । यस गीतमा बालापनको झल्कोलाई तीज गीतमा प्रस्तुत गरिएको छ ।
गैरेको गत बर्षको तीजमा मायाले खान दिन्न बरिलै तीज गित बजारमा आएको थियो । लोक गायीक गैरेका लोक गितहरु रात्री बस, परदेशीको कहानी, लगायत गितहरु चर्चित छन् । करिब एक दर्जन गीतमा आवाज दिएकी कलाकार गैरेको अर्को तीज गीत ‘जुल्फी लर्काउंदै’ पनि यसवर्ष बजारमा आएका छन् ।
तीजको दिनमा आफ्नो मायालुलाई पाउनका लागि ब्रत बसेको र पोहोरको तीजमा नजर जुधेपनि बोल्न नसकेको जस्ता कुराहरु समाबेश गरी गीत रोचक तरिकाले प्रस्तुत गरिएको छ । अविरल फिल्मसको छायांकनमा निर्माण भएको भिडियोलाई विष्णु भट्टराईले निर्देशन गरेका हुन् ।
गायिका सरिता प्रजापतिको तीज गीत सार्वजनिक भएको छ ।
‘सबै प्रदेशमा’ बोलको यो गीतमा विदेशीएकाहरुले घरपरिवारका सदस्यहरुसँग गरेको कुराकानीलाई गीतको माध्यममा प्रस्तुत गरिएको छ । सबै प्रदेशमा भएकाले घरमा भएको व्यक्तीले नाच्ने व्यक्ती नै नभएको एवं प्रदेशमा भएकाले यो तीजमा सँगै नाच्न नपाएको व्यथालाई समेटिएको छ ।
सरिता प्रजापति र राजेश बर्देवाको स्वर रहेको छ । गीतमा ग्रामीण भेगको कथावस्तुसँगै दृष्यपनि ग्रामीण भेगको नै समावेश गरिएको छ ।