Home / Feature Breaking news / छोरीले दिईन् दागबत्ति, बसिन् किरिया

छोरीले दिईन् दागबत्ति, बसिन् किरिया

घोराही, १५ मंसीर

दाङमा एक छोरीले आफ्नो आमाको काजकिरिया गरिरहेकी छिन् । आफ्नो आमाको निधनपछि हिन्दु संस्कार अनुसार घोराही उपमहानगरपालिका वडा नम्बर १६ बाहुनडाडाकी २८ बर्षीय हेमा बि.सीले काजकिरिया गरेकी हुुन् ।

आफ्नो आमा टीकाकुमारी बुढाथोकीको ५६ बर्षको उमेरमा मंसीर निधन भएपछि उनले खोलासम्मै पुगेर दागबत्ति दिनेदेखी काजकिरियासम्म गरिरहेकी छिन् । उनीसगै आफन्त तथा गाउका महिलाहरु पनि मलामी पुगेका थिए ।

रूढीबादी र गलत संस्कार तोड्दै आफूले आमाको किरिया गरिरहेको हेमाले बताइन । ‘छोरीले मलामी जानु हुँदैन र किरिया गर्नु हुँदैन भन्ने गलत मान्यता हो,’ उनले भनिन्, ‘आमाको सन्तान म मात्र हुँ, आमाले हामीप्रति गरेको त्यागको सम्मान गर्दै किरिया बस्ने निर्णय गरेको हुँ ।’

आमालाई दागबत्ति दिदाँ र काजकिरिया बस्दा आफन्त एवं छिमेकीहरुको राम्रो साथ सहयोग पाएको उनले सनाईनु । हेमा नेपाली कांग्रेस दाङको कर्मचारी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*