Home / Feature Breaking news / पसल–पसलमा साझा उमेद्वार

पसल–पसलमा साझा उमेद्वार

घोराही, १९ पुस
दाङ जिल्ला उद्योग वाणिज्य संघको भोली सोमवार हुने निर्वाचनकालागी साझा उमेद्वारहरुले आईतवार घोराहीमा ¥याली सहित घरदैलो गरेका छन् । अध्यक्ष पदका उमेद्वार टंकसिंह बुढाथोकी र कोषाध्यक्ष पदका उमेद्वार सुशील पोख्रेलले आईतवार घोराहीका विभिन्न क्षेत्रमा पुगेर घरदैलो गर्दै पसल पसलमा पुगेर व्यवसायी मतदाताहरुसँग घेटघाट गरि मत मागेका छन् । निर्वाचन सचिवालयबाट सुरु भएको ¥यालीले घोराही बजारका विभिन्न स्थानमा पुगेर मतदाताहरुलाई भेटेका थिए । ¥यालीमा नेपाली कांग्रेस, नेकपा लगायत सम्पूर्ण दलका नेताहरु, व्यवसायीक नेताहरुको सहभागीता रहेको थियो ।
उनीहरुले व्यवसायीहरुको समग्र समस्या समाधान र दाङ जिल्ला उद्योग वाणिज्य संघको संस्थागत विकासकालागी आफूहरुले सर्वदलिय सर्वपक्षीय सहमतिमा उमेद्वारी दिएको भन्दै आफूहरुलाई मतदान गर्न अनुरोध गरेका थिए । त्यस क्रममा मतदाताहरुले एकताका साथ अगाडी बढेका साझा उमेद्वारहरुलाई मतदात गरि बिजयी बनाउने प्रतिवद्धता व्यक्त गरेका थिए । उनीहरुले बुढाथोकी र पोख्रेललाई जित सुनिश्चीत भएको भन्दै अग्रीम बधाई पनि दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*