दाङ, २७ असाेज
सिसा सगुन बचत तथा ऋण सहकारी सस्था लि. को छैटौें साधारण सभा तथा तेस्रो अधिबेशन को अबसरमा सामुहिक रक्त दान गरीएको छ ।
संस्थाका सञ्चालक समिती तथा विभिन्न उप समितीहरुले रक्त सञ्चार केन्द्रमा पुगेर रक्तदान गरेका हुन । त्यस अवसरमा बालचन्द्र शर्मा, नविन कुमार पाण्डे, दिनेश गौतम, केशव रिजाल (क), केशव रिजाल(ख), शिवराज खनाल, माधव खनाल, शेषनारायण शर्मा, पुर्णचन्द्र पाण्डे, गेहेन्द्र वस्नेतले रक्तदान गरेका हुन ।
जिल्लामा रगतकोे अभावमा कसैले समस्या भोग्न नपरोस भनेर संस्थाले वार्षिक उत्सवको अवसरमा रक्तदान गरेको अध्यक्ष शर्माले जानकारी दिए ।