Home / Feature Breaking news / नारायणपुर महोत्सवको तयारी पुरा, प्रदेश सांसद डाँगीले उद्घाटन गर्ने

नारायणपुर महोत्सवको तयारी पुरा, प्रदेश सांसद डाँगीले उद्घाटन गर्ने

नारायणपुर, ११ माघ
नारायणपुरमा भोली शुक्रवारदेखी महोत्सव सुरु हुदै छ । शुक्रवारदेखी २३ गतेसम्म सञ्चालन हुने महोत्सवकालागि सम्पूर्ण तयारी पुरा भएको आयोजक नारायणपुर उद्योग वणिज्इ संघले जानकारी दिएको छ ।

‘कृषि व्यवसाय एवं पर्यटनमा प्रोत्साहनः दीगो अर्थतन्त्रकालागि अमूल्य योगदान’ मूल नाराका साथ हुने ‘नारायणपुर व्यापारिक, कृषि तथा पर्यटन महोत्सव २०७४’ कालागि सम्पूर्ण तयारी पुरा भएको संघका अध्यक्ष महेन्द्रकुमार दाहालले जानकारी दिनुभयो । महोत्सवकालागि मञ्च निर्माण, बालउद्यान निर्माण, स्टल निर्माण, स्वागत गेट निर्माणसँगै सम्पूर्ण पूर्वाधार निर्माण भईसकेको उहाँले जानकारी दिनुभयो । महोत्सवको उद्घाटन प्रदेश सभा सदस्य अमरबहादुर डाँगीले उद्घाटन गर्नु हुनेछ । उद्घाटन कार्यक्रम हुनुपूर्व नारायणपुरमा शोभायात्रा गरिने शोभायात्रा उपसमितिका संयोजक अनिल बस्नेतले जानकारी दिनुभयो । ईप्रका नारायणपुरदेखी माथिल्लो खुला ठाँउमा जम्मा भएर शोभायात्रा सुरु हुने यात्राले बजारको परिक्रमा गर्ने बस्नेतले बताउनुभयो । महोत्सवकालागि विभिन्न स्थानमा स्वागत गेट निर्माण गरिएको छ ।

IMG_4744

महोत्सवमा मौताका कुवा, झुला पिङ, ढुंगा पिङ, ब्रेक डान्स, बालबालिकाहरुकालागि खेलौना एवं बालउद्यानका सम्पूर्ण सामाग्रीहरु रहेका छन् । २ सय ३० स्टल रहेको महोत्सवमा कृषी, पर्यटन एवं व्यपारिक स्टलहरु रहने छन् । करिब १ लाख ५० हजार दर्शकले अवलोकन गर्ने र करिब ३ करोडको आर्थिक कारोबार गर्ने लक्ष्य रहेको महासचिव दिपक सुवेदीे जानकारी दिनुभयो ।

महोत्सवको मुख्य आकर्षणको रुपमा यस क्षेत्रबाट उत्पादित वस्तुहरुको पर्दशनी, यस क्षेत्रका पर्यटकिय स्थलहरुको चिनारी, जातिय पहिचान झल्काउने सांस्कृतिक नृत्य तथा झाँकीहरु, चर्चित कलाकारहरुको दैनिक सांस्कृतिक प्रस्तुति, यशियकै सबैभन्दा होची महिला हेर्न पाईने संघका महासचिव दिपक सुवेदीले जानकारी दिनुभयो ।
महोत्सवमा प्रवेशकालागि ५० रुपैयाको टिकटको व्यवस्था गरिएको छ । टिकटमा विद्यार्थीहरुकालागि विशेष छुट, ७५ वर्षभन्दा माथि उमेरका जेष्ठ नागरिक एवं क र ख वर्गको परिचयपत्र भएका अपांगहरुकालागि निशुल्क प्रवेशकालागि फोटोसहित पास उपलब्ध गराउने सुवेदीले बताउनुभयो ।

घोराही उपमहानगरपालिका वडा नम्बर १० को वडा कार्यालयदेखी १ सय ५० मिटर दक्षीण पश्चीममा रहेको खाली जग्गामा महोत्सव सञ्चालन हुने आयोजक नारायणपुर उद्योग वाणिज्य संघले जानकारी दिएको छ ।

महोत्सवको सिसी क्यामराबाट निगरानी गरिने
महोत्सवको सिसी क्यामराबाट निगरानी गरिने भएको छ । महोत्सवमा हुने हरेक स्टल एवं स्थालको सिसी क्यामराबाट निगरानी गरिने भएको छ । महोत्स्व स्थानका विभिन्न स्थानमा २५ वटा सिसी क्यामरा लाग्ने र त्यसको सचिवालयबाट अवलोकन गरिने उद्योग वाणिज्य संघले जाजकारी दिएको छ । हरेक स्थान एवं स्टलहरुको सिसी क्यामराबाट निगरानी गरिने र केही समस्या आएको त्यसको तुरुनत समाधान गर्ने गरि तयारी गरेको संघको भनाई छ ।

ख्यातिप्राप्त कलाकारहरु
महोत्सवमा दैनिक कलाकारिताका विभिन्न विधाका कलाकारहरुको प्रस्तुति रहने छ । महोत्सवमा कलाकारहरु प्रमोद खरेल, रामजी खाँड, पशुपति शर्मा, कमल खत्री, ज्योति मगर, रमेशराज भट्टराई, भूमीका गिरी, सुनिल गिरी, प्रीति आले, पल्पसा डंगोल(चम्चुरी), सुरविर पण्डीत(दाह्रीबुढा), साहिमा श्रेष्ठ, विनु खड्का, श्रृजना खत्री लगायतका कलाकारहरुको प्रस्तुति रहने महोत्सवका सांस्कृतिक संयोजक अभियान बस्नेतले जानकारी दिनुभयो ।

यस्तै कलाकारहरु सन्दिप न्यौपाने, कला लम्साल, यादवनाथ योगी, रीता केसी, मेक्सम खाति, तिलक वली, चन्द्र शर्मा, दिनेश काफ्ले, टोपेन्द्र विष्ट, सरद समीप, विन्दु परियार, विजय पुन, प्रेम शर्मा, देवेन्द्र बस्नेत, पिताम्वर रिजाल, खड्ग शर्मा,, लगायतका कलाकारहरुको प्रस्तुति रहने बस्नेतले जानकारी दिनुभयो । यस्तै जिल्लामा रहेका नृत्य प्रशिक्षण केन्द्रहरुको पनि प्रस्तुति रहने पनि बस्नेतले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*