Home / Feature Breaking news / प्रवासीहरुको सहयोगमा एम्बुलेन्स

प्रवासीहरुको सहयोगमा एम्बुलेन्स

दाङ, २६ माघ । बैदेशिक रोजगारीका लागि दोहा कतारमा रहेका दाङ जिल्लाका नागरिकहरुले एम्बुलेन्स सञ्चालनमा ल्याएका छन् । दाङ देउखुरी सेवा समाज दोहा कतारको पूर्ण आर्थिक सहयोगमा दाङ देउखुरी सेवा समाज घोराहीले एम्बुलेन्स सञ्चालनमा ल्याएको हो ।

समाजले शनिवार घोराहीमा एक कार्यक्रमको आयोजना गरि एम्बुलेन्स सञ्चालनमा ल्याएको हो । समाजका अध्यक्ष नुमाकान्त सुबेदीको अध्यक्षतामा भएको कार्यक्रममा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले एम्बुलेन्सको साईरन बजाएर एम्बुलेन्स सञ्चालनमा आएको घोषणा गरेका थिए ।

नेपाल सरकारको राजस्व छुटमा १६ लाख २९ हजार ५ रुपैयाँको मूल्यमा एम्बुलेन्स खरिद गरिएको समाजका आजीवन सदस्य चन्द्रबहादुर नेपालीले जानकारी दिए । कतारमा रहेका कमलमणि गुरागाँई संयोजक रहेको आर्थिक संकलन समितिले उक्त रकम संकलन गरि एम्वुलेन्स सञ्चालनमा ल्याएको हो । कतारमा काम गर्दै आएका दाङका नागरिकहरुले २०६८ सालदेखी स्वास्थ्य, शिक्षा, वितद लगाएतका क्षेत्रमा करिब एक करोड रुपैयाँ बराबरको सहयोग गर्दै आएका छन ।

ambulens

कार्यक्रममा बोल्दै नगर प्रमुख नरुलाल चौधरीले बिदेशमा बसेर आफ्नो गाउँठाउँको विकास र सेवामा खट्ने नागरिकहरुलाई धन्याबाद दिएका थिए । साथै उनले एम्बुलेन्स सेवाले दुर दराजका दुखी गरिब जनताहरुलाई सेवा पु¥याउने तर्फ ध्यान दिन आग्रह गरे । आबश्यक सिप तथा ज्ञान दिन नगर तयार रहेको भन्दै लक्ष्य, उदेश्य र योजना लिएर आउन युवाहरुलाई आह्वान गरेका थिए ।

समाजका उपाध्यक्ष बलदेव विश्वकर्माको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रममा राष्ट्रिय जनमोर्चाका अध्यक्ष गणेश आचार्य, दोहा कतारका संस्थापक कोषाध्यक्ष सूर्य सुवेदी, सल्लाहकार अर्जुन खड्कालगायतले बोलेका थिए । समाजले २८ बर्ष गाडी चलाएका अमरराज कँवर योगीलाई लिखित तथा मौखिक परिक्षा गराएर चालकको जिम्मेवारी दिएको छ । सबै भुगोलका सडकमा सहजै जान सक्ने फोर्स एम्बुलेन्स खरिद गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*