Home / Feature Breaking news / भेटाएको डेढ तोला सुन फिर्ता

भेटाएको डेढ तोला सुन फिर्ता

दाङ,२४ दाङ । दाङको घोराहीमा एक महिलाले भेटाएको डेढ तोला सुन फिर्ता गरेकी छिन । घोराही उपमहानगरपालिका वडा नं. ८ दुन्द्रा निवासी रुद्रकुमारी महराले आइतवार घोराही–लमही सडक खण्ड अन्तर्गत चन्द्रसूर्य पेट्रोल पम्प नजिक भेटाएको डेढ तोला सुनका दुई वटा बाला सुनधनी घोराही–१४ गोरखा टोल निवासी हरिदेवी वलीलाई फिर्ता गरेकी हुन ।

ss जिल्ला प्रहरी कार्यालय दाङको रोहवरमा सोमवार जिल्ला प्रहरी कार्यालयमा वलीलाई महराले सुन प्रदान गरकी थिइन ।

‘भेटाएको धनमा खुशी हुनुभन्दा हराउने व्यक्तिलाई हस्तान्तरण गर्नुपर्छ भन्ने मान्यताले गर्दा आफुले सुन फिर्ता गरेको महराले बताईन् । जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक दुर्गा सिंह चन्द र प्रहरी निरिक्षक गोपीकृष्ण सुवेदीको उपस्थितिमा महराले वलीलाई सुन प्रदान गर्नुभएको थियो । सुन फिर्ता गर्ने महराले यसअघी गत वर्षको तीजमा नारायणपुरमा फेला पारेको सुन पनि आफूले फिर्ता गरेको बताईन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*