Home / Feature Breaking news / टिकटक बनाउने क्रममा घाइते तुलसीपुरका युवकको मृत्यु

टिकटक बनाउने क्रममा घाइते तुलसीपुरका युवकको मृत्यु

दाङ,५ पुस । पश्चिम दाङको बबई गाउँपालिकामा रहेको झोलुङ्गे पुलमा टिकटक बनाउने क्रममा खसेर गम्भीर घाइते युवकको मृत्यु भएको छ ।

तुलसीपुर उपमहानगरपालिका–१९ बिजौरी निवासी २४ बर्षीय रमेश थापा रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी शिवबहादुर सिंहले जानकारी दिएका छन् ।

उनको उपचारका त्र mममा कोहलपुर मेडिकल कलेजमा सोमवार बिहान मृत्यु भएको हो। शनिबार दिउँसो दुई बजेतिर बबई गाउँपालिका–५ हापुरे स्थित पुरन्धारा छहरा नजिक रहेको झुलुंगे पुलबाट टिकटक बनाउने क्रममा उनी खसेर घाइते भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*