Home / Feature Breaking news / विद्या भण्डारी राष्ट्रपति होइन, केपी ग्याङको सदस्य मात्रै : गगन

विद्या भण्डारी राष्ट्रपति होइन, केपी ग्याङको सदस्य मात्रै : गगन

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले विद्यादेवी भण्डारी प्रधानमन्त्री केपी ओली ग्याङको सदस्य मात्र भएको बताएका छन् । संसद् विघटनपछि नयाँ बानेश्वरमा सभा गर्दै थापाले राष्ट्रपति भण्डारी संविधानमै नभएको व्यवस्थाअनुसार संसद् विघटन गर्ने राष्ट्रपति आफ्नो राष्ट्रपति हुन नसक्ने बताए ।

“राष्ट्रपति विद्यादेवी भण्डारीले यही संसद्‌को शपथ खानुभएको होइन । आजबाट उहाँ तपाईं र मेरो राष्ट्रपति होइन, केपी ओली ग्याङको सदस्य मात्र हो,” उनले भने । संविधानको शपथ खाएर संविधानविरुद्धको अपराधमा भण्डारी संलग्न भएको पनि उनको आरोप थियो । थापाले संविधानविरुद्ध अपराध गर्नेहरुलाई सडकबाटै ठेगान लगाउन आग्रह पनि गरे । उनले राष्ट्रपति भण्डारीबाटै संघीय लोकतानित्रक गणतन्त्र र संविधानमाथि खतरा रहेको बताए ।

थापाले अहिलेको अवस्था केपीका कारणले मात्र आएको नभई प्रचण्ड र माधव नेपाल हुतिहारा हुँदा आएको बताए । आफूले संसद्‌मा तपाईंको प्रधानमन्त्री भ्रष्ट हुनुहुन्छ भन्दा नमानेको भन्दै उनले हिसाबकिताब नमिलेपछि अहिले प्रस्ताव ल्याएको भन्दै प्रचण्ड र नेपालको पनि आलोचना गरे ।

त्यस्तै उनले प्रधानमन्त्रीमा ओलीजस्तो अयोग्य र अक्षम व्यक्ति पाउँदा संसद् र संविधान सिकार भएको बताए । प्रधानमन्‍त्री ओलीले महत्त्वपूर्ण तीन वर्ष खेर गएको भन्दै ओलीको अहंकारले संसद् मात्र होइन सिंगो व्यवस्थामाथि नै प्रश्न उठेको पनि बताए । संविधानमा कहाँनेर संसद् विघटन गर्न प्रधानमन्त्रीले पाउने व्यवस्था छ ? भन्दै थापाले प्रश्न पनि गरे ।

त्यस्तै, उनले ओलीको सनक र लहडमा विघटित संसद पुनर्स्थापित गर्ने लडाइँमा आफूहरु रहेको भन्दै साथ दिन पनि थापाको आग्रह थियो । उनले ओलीले संसद् विघटन गर्दै संवैधानिक आयोगमा गरेको सिफारिस नमान्ने पनि बताए । संवैधानिक आयोगमा होइन मन्त्रिपरिषद्ले गरेको सिफारिस ओली आयोगमा भएको थापाको भनाइ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*