Home / समाचार / सुरक्षा आबास र मनोपरामर्शकर्ता ब्यबस्था गर्न महिलाहरुको माग

सुरक्षा आबास र मनोपरामर्शकर्ता ब्यबस्था गर्न महिलाहरुको माग

सुवास डिसी

तुलसीपुर, ५ पुस । लैङ्गिक हिंसामा परेका व्यक्तिहरुका लागि मनोविमर्श र उनीहरुको लागी सुरक्षा आवास आवश्यक रहेको सहभागीहरुले बताएका छन् ।

सुरक्षा आवास र मनोविमर्श केन्द्र सञ्चालनका लागि पालिका स्तरबाट भएका प्रयासहरु र बजेट विनियोजन सम्वन्धी अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले सो कुरा बताएका हुन् । प्रगतिशिल महिला सामुदायिक, जनचेतना महिला सामुदायिक संस्थाको आयोजना ,महिला पुनस्र्थापना केन्द्र ओरेक दाङको सहकार्य र तुलसीपुर उपमहानगरपालिकाको समन्वयमा तुलसीपुरमा भएको कार्यक्रममा बोल्दै नगर उपप्रमुख माया शर्माले प्रत्यक वडाहरुमा मनोविमर्श केन्द्र स्थापना हुनुपर्ने बताइन् ।

उनले विभिन्न कारणले पछिल्लो समयमा आत्म हत्याका घटनाहरु बढको भन्दै त्यसको अन्त्यका लागि पनि मनोविमर्श आवश्यक रहेको बताइन् । हिंसामा परेका व्यक्तिहरुलाई मनोविमर्श दिन पनि केन्द्र आवश्यक रहेको बताएको छ । प्रगतिशिल महिला सामुदायिक संस्थाका अध्यक्ष सावित्रा ढकालको अध्यक्षता तथा उपप्रमुख शर्माको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा यस क्षेत्रमा विभिन्न संस्था र तुलसीपुर उपमहानगरपालिकाले गरि ५ वटा सुरक्षा आवास केन्द्रहरु सञ्चालन गरेको सो अवसरमा जानकारी गराएको थियो ।

कार्यक्रममा अध्यक्ष ढकालले महिला सामुदायिक संस्था, संस्थाको उद्देश्य, संस्थाले गरेका काम र हाल सम्म लैङ्गिक हिंसा अत्यका लागि चालेका कदमहरुको वारेमा जानकारी गराएकी थिइन् । उनले सुरक्षा आवास र मनोविमर्श केन्द्रको आवश्यकताको पारेमा प्रकाश पारेकी थिइन् ।

संस्थाका सदस्य कृण्णा चौधरीको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका वडा नं. १५ का वडाध्यक्ष लक्ष्मण चौधरी, राप्ती प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष पदम न्यौपाने, वडा नं ११ का वडा सदस्य सुवास डाँगी, महिला मानवअधिकार रक्षक दाङका सचिव पदमा चौधरी, ओरेक नेपाल दाङका कार्यक्रम संयोजक इश्वरी थापा, तुलसीपुर उपमहानगरपालिका महिला विकास अधिकृत माया श्रेष्ठ, मेलमिलाप कर्ता पोषणराज गौतम, जनस्वास्थ्य निरीक्षम विष्णु गिरी, चित्रबहादुर वली, लक्ष्मी चौधरी , इशा वलीलगायतले बोलेका थिए । कार्यक्रमको सहजिकरण प्रगतिशिल महिला सामुदायिक संस्थाकी सहसचिव कमला केसीले गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*