घोराही, २० फागुन
१२ औँ अन्तराष्ट्रिय लोक सांस्कृतिक महोत्सव २०८० मा आईतवार नेपाली कलाकारिता क्षेत्रका चर्चीत गायतक प्रकाश सुपतको प्रस्तुति रहनेभएको छ । महोत्सवको तेस्रो दिन आज आईतवार सांगितिक प्रस्तुतिकालागी प्रकास सपुत दाङ आएको आयोजक मूल समितिले जानकारी दिएको छ ।
‘पर्यटक कलाकारको स्वागत सत्कार, नेपाली लोक सांस्कतिको आधार’ भन्ने मूल नाराका साथ आयोजना गरिएको अन्तराष्ट्रिय लोकसांस्कृतिक महोत्सवमा नेपाली लोकदोहोरी क्षेत्रका लोकप्रीय गायक सपुतको प्रस्तुति रहने आयोजक दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष बसन्त जोशीले जानकारी दिनुभयो ।
सपुतका गलबन्दी, सकम्बरी, कुरा बुझ्नुपर्छ, यो देश मेरो पनि होईन र, बदला बरिलै, पिर लगायत दर्जनौ गीतहरु चर्चीत रहेका छन् । महोत्सवमा आईतवार प्रकाश सपुत सहित हास्यकलाकार कमल गाउँले, गायिका सविना थापा, गायक रोशन रत्गैया, सरिता दान्कुटी, सुरक्षा मगर लगायतका कलाकारहरुको प्रस्तुति रहने छ ।
दाङको विभिन्न पर्यटन तथा व्यवसायिक क्षेत्रहरुमा टेवा पु¥याउने, आर्थिक संकटको बेलामा पनि आर्थिक चलायनमान गराउने, दाङ सहित लुम्बिनी प्रदेशकै कला संस्कृति तथा पर्यटनलाई विश्वसामु परिचित गराउन भूमीका खेल्ने, विभिन्न देशहरुको कला संस्कृतिको जिल्लामै बसेर जिल्लाबासीहरुलाई अवलोकन गराउने लगायतका उद्धेश्य राखेर आयोजना गरिएको अन्तराष्ट्रिय लोकसांस्कृतिक महोत्सवमा फागुन २१ गते भोली सोमवार नेपाल सहित १३ देशका ३ सय बढि कलाकारहरुको प्रस्तुति रहने छ ।
महोत्सवको चौथो दिन फागुन २१ गते नेपाल सहित अष्ट्रिया, बेल्जियम, बोट्रसवाना, ईस्टोनिया, जर्मन, भारत, इजरायल, मलेसिया, पेरु, पोल्याण्ड, दक्षिण अफ्रिका, दक्षिण कोरिया लगायत देशका कलाकारहरुको प्रस्तुति रहने दाङ जिल्ला उद्योग वाणिज्य संघका महासचिव महेन्ज्द्र बुढाथोकीले जानकारी दिनुभयो । विदेशी कलाकारहरु आज घोराही आईपुग्ने छन् ।
महोत्सवमा प्रवेशकालागी एक सय रुपैयाको टिकट शुल्क निर्धारण गरिएको छ ।