Home / Feature Breaking news / प्रचण्ड–इख , मजदुरको हित

प्रचण्ड–इख , मजदुरको हित

आफ्नो २९ बर्ष लामो राजनीतिक यात्राका क्रममा मजदुरका कहाली लाग्दा कैयन दृष्टान्त देखे अनि राज्यलाई ति मजदुर प्रति उत्तरदायि बन्न दबाब दिँदै आए । नेपालमा रोजगारीको सृजना गरिनु पर्ने भन्दै आफ्नो राजनीतिक कालखण्ड भर चोटिला भाषण गर्दै आएका युवा नेता प्रचण्ड न्यौपानेको भाषणको अन्तर्य एउटै हुन्थ्यो ‘हरेक नागरिकले सहज तरिकाले आफ्नो जीवन बाँच्न सकोस् ।’ अझ मजदुरी गर्नेहरु माथि गरिएको श्रम शोषणको वकालत युवा नेता भएका नाताले पनि उनले गर्नै पथ्र्यो नै ।
श्रमको उचित मूल्य निर्धारण गरिनु पर्ने भन्दै राज्यलाई ‘सुनाउन’ खोजेका कैयन दृष्टान्त छन् उनिसंग । अनि मजदुरी गर्नेहरु माथि पनि विभेद । पुरुष सरह महिलालाई पनि समान ज्याला दिईनु पर्ने टड्कारो आवश्यक्तालाई पनि उनले आफ्नो राजनीतिक यात्राका क्रममा कैयन पटक बोले, राज्य प्रति कड्किए उनि । सडक,बहस वा कुनै औपचारिक कार्यक्रमबाट लामो समय सम्म ‘मजदुर हित’ को नारा लगाएका न्यौपाने अहिले उनै मजदुरको कथा सुन्न ‘मजदुर–बस्ती’ मै पुगेका छन् ।
अनि बिगतमा आफूले मजदुर हकहितका लागि बोलेका शब्दहरुलाई पुनरताजगी गरेका मात्रै छनन् उनले, राज्यलाई मजदुरहरुको मौलिक अधिकार प्राप्तीका लागि फेरी लड्ने ‘ईख’ बढेको छ । अनि उनै मजदुरहरुको बस्तीमै पुगेर कबुल गरेका छन् ‘मजदुरहरुको हक खोस्ने अधिकार कसैलाई छैन, हक प्राप्तीका लागि म लड्छु र सफल पनि हुन्छु ।’
आफ्नो राजनीतिको २९ बर्ष लामो कालखण्ड बिद्यार्थी राजनीति हुँदै कांग्रेसमा प्रारम्भ भयो । कांग्रेस राजनीतिको दौरानकै क्रममा पहिलो पटक उनलाई जनप्रतिनिधि बन्ने सुअवसर मिलेको छ । दाङ २ ख का प्रदेशसभा सदस्य उम्मेदवार न्यौपाने निर्वाचित भए जनप्रतिनिधि बनेर वास्तविक मजदुरको ‘हक’ बोल्ने, लेख्ने र दिलाउने हैसियतमा पुग्ने छन् । ‘हिँजो सम्म म बोल्ने ठाउँमा मात्रै भएँ, लड्ने ठाउँमा मात्रै भएँ,’ उनि भन्छन् ‘अब म हक दिलाउने ठाउँमा पुग्दैछु, अब तपाईहरु (मजदुर) का लागि हक दिलाउने स्थानमा मलाई पुर्याउने भनेको तपाईहरु नै हो ।’
चुनावी प्रचार प्रसारका क्रममा तुलसीपुर १७ स्थित जमेरा गाउँमा पुगेका न्यौपानेले मजदुरहरुसंग सुखदुख साटासाट मात्रै गरेनन्, उनिहरुसंगै केहिबर कामको ‘सहयात्री’ पनि पनिदिए । घर निर्माण कार्यमा व्यस्त रहेका मजदुर कोही उम्मेदवारसँग कुरा गर्न थाले त कोही आफ्नै काममा निरन्तर लागिरहे । उम्मेदवार प्रचण्डले बेल्चा उठाएर गिट्टी र बालुवा भर्न थाले । मजदुरहरू अचम्म मात्र परेनन् जनतासँगै काममा खटिने नेता चाहिएको बताए ।
मजदुर धनिराम चौधरीले भने, ञ नेताहरू आउँथे, भोट माग्थे जान्थे तर तपाईं त हामीसँगै काम गर्नुभयो हामीलाई खुशी लाग्यो, एकछिन हजुरले सघाएर हाम्रो काममा राहत मिल्ने त होइन तर मजुदरको दुःख, पीडा र समस्या महसुस गर्न सक्नुभयो । हामी मजदुरको दैनिकी यस्तै कठिनाइपूर्ण छ । हाम्रा हित, अधिकार र सुविधाका लागि पनि कानुन बनाउनुहोला, हाम्रा पक्षमा अधिकार ल्याउनुहोला ।’
जवाफमा न्यौपानेले भने, ‘हामी तपाईंकै काममा लागि खटिएका छौँ, तपाईंले दिएको मतको म कदर गर्नेछु, आहा भन्ने समय ल्याउनेछु ,छ्या भन्ने दिन आउनेछैन ।’ जनताका घरआँगनमा पुगेका उम्मेदवार प्रचण्डसँग जनताले विकास माग्न पनि पछि परेनन् ।

काममै व्यस्त रहेका जङ्कु चौधरीले भने, ‘हामी किसान हौँ, किसानका लागि सिचाइ, मल, बीऊको व्यवस्थापन, उत्पादनलाई बजारीकरणको व्यवस्थापन गरिदिन पर्याे । ’ किसान लक्षित विकासको माग गरेका जनताका लागि प्रतिवद्धता व्यक्त गरेका प्रचण्डले कृषि उत्पादन, कृषि बजारीकरण र ग्रामीण पर्यटकीयका माध्यमबाट गाउँको विकास गर्नु योजनामा समेत जोड दिए । बिहीबार तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ का जमेरा गाउँ, बकौसी, मानपुर, जिनुवा गाउँ, बनकट्टा, झिङै, मजगाउँ लगायतका स्थानमा घरदैलो कार्यक्रम रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*