Home / Feature Breaking news / सामुदायिक सहकारीको २५ औँ साधारणसभा सम्पन्न

सामुदायिक सहकारीको २५ औँ साधारणसभा सम्पन्न

घोराही, २१ असोज
सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि. घोराहीको २५ औँ साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ । वि.स २०५४ सालमा महिलाहरुले मात्र नेतृत्व गरेर स्थापना भएको सहकारीको २५ औँ साधारण सभा घोराहीमा सम्पन्न भएको हो ।

समाजमा छरिएर रहेको पंूजीलाई एकिकृत गरि विभिन्न निम्न आयश्रोत भएका वर्ग तथा समूदायहरुलाई समेट्दै यस क्षेत्रमा क्रियाशिल सदस्यहरुलाई सहकारीको माध्यमबाट स्वावलम्बी, आत्मनिर्भर बनाउने उद्धेश्यकासाथ स्थापना भएको सहकारीको साधारण सभामा बोल्ने वक्ताहरुले सहकारीले पूँजी व्यवस्थापनसँगै सामाजिका कार्यमा पनि क्रियाशील भएको बताएका थिए ।

कार्यक्रममा संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै सहकारीका कार्यवाहक अध्यक्ष राधा आचार्यले घरको चुलो चौकोमा सिमित महिलाहरुलाइ स्तन्त्र र स्वायत रुपमा स–साना आयआर्जन हुने उद्यम व्यव्यसाय सञ्चालनको लागी प्रेत्साहन गर्न तथा व्यावसाहिक सिप र दक्षता प्रदान गर्दै सहकारी शिक्षा मार्फत वित्तिय सचेतना अभिबृद्धि गरेको बताउनुभयो ।

सस्थाले सदस्यहरुलाई सामाजिक उत्तरदायित्व संगै बचत तथा ऋण सहितका क्रियाकलापमा सहभागी गराउनुका साथै सदस्यहरुलाई शिक्षा तालिम र सुचनाको प्रवाह संगै आत्मनिर्भर बनाउन र स्वायत्त संस्थाको रुपमा विकाश गर्दै लगेको पनि बताउनुभयो ।
सहकारीमा हाल ३ हजार ४ सय ७३ जना शेयर सदस्य, शेयर पूजी ४ करोड १४ लाख १८ हजार ४ सय, १८ करोड ८४ लाख ७० हजार एक सय बचत निक्षप र २२ करोड ९८ लाख ८७ हजार ३ सय ५७ रुपैया ऋण लगानी रहेको छ ।

संस्थाले संस्थाका सदस्यहरुलाई समुदायप्रती उत्तरदायित्व गराउने उदेश्यले समुुदायको आर्थिक, सामाजिक तथा सांस्कृतिक पक्षलाई ध्यानमा राखेर विभिन्न कार्यक्रमहरु सञ्चालन भएका छन् । कृषी बिउबिजन उत्पादन सम्बन्धी तालिम, हरियो बजार व्यवस्थापन तालिम, तरकारी खेति तालिम, सहकारी शिक्षा शिवीर तालिम, शेयर सदस्य उपचार, सामाविक सद्भाव कोष वितरण, सुत्केरी सुविधा प्रदान, जेहेन्दार बालबालिकालाई शैक्षिक सहयोग, जेष्ठ नागरिकलाई सम्मान, अलि समूहलाई पुरस्कार, उत्कृष्ट बचतकर्ता सम्मान, फल उद्यमी सम्मान, पशु व्यवसाय तालिम, सहकारी दिवश, लैंगिक हिंसा विरुद्धकाृ दिवश लगायतका क्रियालापहरु सञ्चालन गरिएको प्रतिवेदनमा उल्लेख छ ।

कार्यक्रममा उत्कृष्ट बचतकर्ता संगीता बुढा, उत्कृष्ट बचत समूह मकालु बचत समुह घोराही ७ राजपुर, ऋणतर्फ सफल व्यवसायी घोराही १० का मन्धरु चौधरीलाई सम्मान गरिएको थियो । जेष्ठ नागरिक सम्मानबाट देवा पुरी, रेनु न्यौपाने, दिलसरी थापा, निमाकुमारी गिरी, शिवप्रसाद रोका, गिरीराज बस्नेत, बालकुमारी शर्मा, कृष्णादेवी राना, इन्दिरा गिरी, फुलमानी चौधरी, मोतिकुमारी वली, यम कुमारी वली र राधा आचार्यलाई सम्मान गरिएको थियो । त्यस अवसरमा सत्केरी सुविधा, उत्कृष्ट विद्यार्थीहरुलाई स्टेशनरी प्रदान गरिएको थियो ।

सहकारीका कार्यवाहक अध्यक्ष राधा आचार्यको अध्यक्षता एवं घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमा डिसीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सहकारी विभाग लुम्बिनी प्रदेशका अधिकृत भिमराज पोख्रेल, जिल्ला सहकारी संघका अध्यक्ष हेमराज गौतम, नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि.का प्रमुख विष्णु जोशी, राष्ट्रि« सहकारी बैंकका प्रमुख डिल्लीराज दाहाल, दाङ जिल्ला बचत तथा ऋण सहकारीका कोषाध्यक्ष गिरिराज शर्मा, ज्यामीरे सामाजिक उद्यमी सहकारीका अध्यक्ष पद्मा हमाल, शेयर सदस्य सरस्वती महतरा लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा खेला तथा सुपरिवेक्षण प्रतिवेदन रिमालक्ष्मी जैशीले, लेखा प्रतिवेदन प्रेम योगीले र आगामी बर्षको कार्ययोजना व्यवस्थापक विष्णु गिरीले गर्नुभएको थियो ।

सहकारीका लेखा समितिका सदस्य सावित्रा विश्वकर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण सहकारीका कार्यकारी प्रमुख कल्पना न्यौपानेले गर्नुभएको थियो ।

साधारण सभा तथा अधिवेशनबाट राधा आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*