Home / Feature Breaking news / लुम्बिनी प्रदेश उपसभापतिमा दाङका खनाल र सहमहामन्त्रीमा पाण्डेय बिजयी

लुम्बिनी प्रदेश उपसभापतिमा दाङका खनाल र सहमहामन्त्रीमा पाण्डेय बिजयी

दाङ,२० मंसिर । नेपाली कांग्रेस लुम्बिनी प्रदेशको उपसभापतिमा दाङका राजु खनाल बिजयी भएका छन् । संस्थापन पक्षबाट उम्मेदवार भएका खनाल ७ सय ९२ मत ल्याएर बिजयी भएका हुन ।

लुम्बिनी प्रदेशमा सस्थापन पक्षबाट पदाधिकारीमा जित्ने खनाल मात्र रहेका छन् । दुई उपसभापतिमा संस्थापन इतर समूहका भुवन श्रेष्ठ ८ सय ४७ मत ल्याएर बिजयी भएका छन । उपसभापतिमा संस्थापन इतरका अष्टभुजा पाठक ७ सय ७२ र संस्थापनका सुधाकर पाण्डे ६ सय ६१ मत ल्याएर पराजित भएको निर्वाचन समितिले जनाएको छ ।

खुल्ला सहमहामन्त्रीमा दाङका खगराज पाण्डे बिजयी भएका छन् । सस्थापन इतर समुहबाट उम्मेदवारी दिएका पाण्डे ७ सय ७६ मत ल्याएर विजयी भएका हुन । त्यसैगरी सहमहामन्त्रीमा सस्थापन इतर समूहका बिष्णु खनाल मुस्कान ८ सय ५९ मत ल्याएर बिजयी भए । सहमहामन्त्रीमा माया पुन र लक्ष्मीनारायण शाह पराजित भएका छन् ।
नेपाली कांग्रेसको प्रदेश कार्यसमितिमा दाङबाट प्रचण्डविक्रम न्यौपाने, जानका केसी, पुष्पा श्रेष्ठलगायतका बिजयी भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*