Home / खेलकुद / बंगलाचुलीमा क्रिकेट प्रतियोगिता हुने

बंगलाचुलीमा क्रिकेट प्रतियोगिता हुने

हिमाल महरा

घोराही, ९ फागुन । दाङको पहाडी गाउँपालिका बंगलाचुलीमा अन्तर विद्यालय क्रिकेट प्रतियोगिता हुने भएको छ ।

बंगलाचुली क्रिकेट विकास समन्वय समितिको आयोजनामा प्रतियोगिता हुन थालेको हो । समितिको फागुन ८ गते बसेको बैठकले चैत्र महिनाको १३ गतेदेखि बंगलाचुली गाउँपालिका स्तरीय अन्तर विद्यालय क्रिकेट प्रतियोगिता गर्ने निर्णय गरेको बंगलाचुली क्रिकेट विकास समन्वय समितिका सचिव मधुसुदन गिरी जानकारी दिएका छन् ।

युवालाई खेलक्षेत्रमा जोड्दै उनीहरुको क्षमता विकासका लागि प्राथमिकता दिने उद्देश्यले प्रतियोगिता आयोजना गरेको उनले बताए । ‘राष्ट्रको लागी खेलकुद, स्वास्थ्यको लागी खेलकुद’ भन्ने नाराका साथ अन्तर विद्यालय क्रिकेट प्रतियोगिता आयोजना गरिएको समन्वय समिति अध्यक्ष हिमाल महराले बताए ।

साथै बुवा आमा कन्ट्रक्सन एण्ड सप्लायर्सका संचलाक मदन केसी, भ्यू कुमार पुन र दाङ जिल्ला फुटवल समितिका महासचिव नरेन्द्र पुनले प्रथम र द्धितिय पुरस्कर घोषणा गरेकोमा बैठकले धन्यावाद ज्ञापन गरेको छ । साथै सहयोगका लागि सवैसँग अपिल समेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*