Home / Feature Breaking news / सहयोगी र सरल नेता पदम केसी

सहयोगी र सरल नेता पदम केसी

‘तलबभत्ताको ५० प्रतिशत शिक्षा र स्वास्थ्यमा लगानी गर्छु’

घोराही, २७ बैशाख
कुनै व्यक्तीलाई समस्या प¥यो भन्ने बित्तीकै सहयोगकालागी तत्पर हुने नाम हो पदम के.सी । जो कोही होस् अप्ठेरोमा परेको भन्ने सुन्ने बित्तीकै सहयोगमा जुट्न व्यक्ती हुन् पदम केसी । समस्यामा परेको बेला सबैले सम्झने व्यक्ती हुन् पदम केसी ।

हरेक समस्याको समाधानको रुपमा उभिने पदमबहादुर केसी यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा घोराही उपमहानगरपालिका वडा नम्बर १७ को अध्यक्षकालागी उमेद्वार बन्नु भएको छ । नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा लगायत दलहरुबाट साझा उमेद्वार बनेका केसी चुनावी मैदानमा छन् । सामाजिक कार्यमा क्रियाशील केसी जनप्रतिनिधी बनेर वडाबासीहरुको सेवा गर्ने उद्धेश्यकासाथ चुनावी मैदानमा हुनुहुन्छ ।

वडाकै एक दर्जन बढि सामाजिक संघसंस्थामा विभिन्न जिम्मेवार पदमा बसेर काम गर्दै आउनुभएका केसी स्थानीय सरकारमा गएर आफ्नो सहयोगी भावनालाई बलियो बनाउदै वडाबासीहरुको समस्या दीगो रुपमा समाधान गर्नकालागी उमेद्वार बनेको बताउनुहुन्छ ।
२०४४ सालबाट विद्यार्थी राजनिति सुरु गर्नुभएका केसी रोल्पाको ह्वामा कर्तमका हुनुहन्छ । विद्यार्थी राजनितिमा रहदा उहाँले कृष्णबहादुर महरा र बर्षमान पुनलाई निर्वाचनमा सहयोग गरेको स्मरण गर्नुहुन्छ । विद्यार्थी राजनितिमा क्रियाशील केसी २०४८ सालमा भारतीय सेनामा भर्ना हुनुभयो । जागिरे जिवनमा पनि नेकपा माओवादी केन्द्रलाई सक्दो सहयोग गरको र २०६६ मा रिटायर्ड भएपछि पुनः राजनितिमा क्रियाशील हुनुभयो । पार्टि सदस्यता लिएर नै पार्टिको क्रियाशील राजनितिमा लाग्नुभएका केसीले २०७० सालमा भएको संविधानसभाको निर्वाचनमा माओवादी केन्द्रको उमेद्वार जिताउनकालागी क्रियाशील हुनुभयो ।

उहाँको क्रियाशीलतालाई मुल्यांकन गर्दै माओवादी केन्द्रले उहाँलाई घोराही नगरको सदस्य बनायो । पार्टिमा जिम्मेवारी पुरा गर्दै उहाँले २०७४ सालको स्थानीय तहको निर्वाचनमा पार्टिको तर्फबाट वडामा उमेद्वार बनेको टीमलाई बिजयी बनाउनकालागी संयोजक भएर निर्वाचनको कमाण्ड समाल्नुभयो । त्यसपपछि यहाँ पार्टिृको घोराही उपमहानगरपालिका १७ को वडा अध्यक्षको जिम्मेवारी पाउनुभयो ।

त्यस पश्चात एमाले र माओवादीबिच भएको पार्टि समायोजनमा पनि नेकपाको वडा अध्यक्ष भएर काम गर्नुभएका केसी चौघेरा खानेपानीको सचिव, नेपाल भारत पूर्व सैनिक संघ दाङको सचिव, अलफा तेक्वान्दो डोजांगको अध्यक्ष, जनज्योति पशुपंक्षी सहकारीको उपाध्यक्ष, लामीछाने गरग गोत्र समाज दाङको अध्यक्ष, रोल्पाली सेवा समाज सल्लाहकार, मखमली टोल विकास संस्थाको सल्लाहकार, नेपाल भारत पूर्व सैनिक संघ घोराही १७ को सल्लाहकार लगायत विभिन्न् संघसस्थामा आवद्ध भएर अनुभव लिनुभएका केसीेले संस्थामा आवद्ध हुदा संस्थाको विकास र जनताको सहजताकालागी विभिन्न महत्वपूर्ण कार्यहरुको नेतृत्व पनि गर्नुभएको छ ।

वडामा हुने खेलकुद होस् वा विपन्न परिवारलाई सहयोग गर्नकालागी सधै अग्र पंक्तीमा रहने केसीले कोरोना महामारीको समयमा विपन्न परिवारकालागी वडा कार्यालयसँगको समन्वयमा डेढ लाखको सहयोग गरेर वडामा सहयोग अभियान नै चलाउनुभयो । उहाँको सहयोगी भावना र मिजाशीलो स्वभावकालागी वडाबासीमाझ उहाँ लोकप्रीय हुनुहुन्छ । विद्यालयमा अक्षयकोष स्थापना गरेर शिक्षामा विद्यार्थीहरुलाई उत्प्रेरित गर्ने कार्य पनि उहाँले गर्नुभएको छ ।

निर्वाचनमा उमेद्वार रहदा उहाँले आफू बिजयी भएपछि सरकार नियम अनुसार पाउने मासिक तलब भत्ताबाट ५० प्रतिशत रकम विपन्न परिवारको शिक्षा र जेष्ठ नागरिकको स्वास्थ्यमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । वडा नम्बर १७ कृषीमा धेरै सम्भावना बोकेको वडा भएकाले कृषीमा लगानी गर्दै उत्पादन र बजारिकरणमा वडा सरकारले सहयोग गर्ने बताउनुहुन्छ ।

युवाहरु कुलतमा फस्ने दुव्र्यसनी रहेकोले युवाहरुलाई सकारात्मक कार्यक्रमा लगाउनकालागी भूमीका खेल्ने, संस्थागत विद्यालयहरुमा गुणस्तरिय शिक्षाको व्यवस्था गर्ने, कृषीजन्य जग्गामा हुने अव्यवस्थीत जमीनलाई व्यवस्थापन गर्दै कृषीमा लाग्न कृषकहरुलाई उत्प्रेरित गर्ने र आवश्यकता अनुसार सबै वडाबासीहरुसँगको सल्लाह र समन्वयमा बार्षीक कार्यक्रमहरु तयार गरेर कार्यान्वयन गर्ने उहाँको भनाई छ ।

समग्र वडाको विकास र वडबासीहरुको सहजताकालागी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा बिजयी बनाउनका उहाँ सम्पूर्ण वडाबासीहरुलाई अनुरोध गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*