Home / समाचार / संविधान निर्माण मुलुकको उपलब्धी: भट्टराई

संविधान निर्माण मुलुकको उपलब्धी: भट्टराई

वीरगन्ज–नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईले राजनीतिक रुपान्तरणपछि संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो पार्न आर्थिक विकासको लागि राजनीति हुनु पर्ने बताएका छन्। त्यसका लागि मधेशी, थारु र जनजातिले संविधान प्रति राखेको असन्तुष्टि हटाउन संविधान संसोधन गर्नुपर्ने बताए।
शनिबार वीरगंजमा पत्रकारसँग कुरा गर्दै भट्टराईले संविधान अपुरो भए पनि देशको लागि उपलब्धि भएको बताए । ‘संविधान संशोधन गरेर यसको कार्यन्यवनमा देखिएको गतिरोध अन्त्य गर्नुपर्छ,’ उनले भने, ‘सम्वृद्धि तथा आर्थिक विकास, सुशासन तथा सदाचार र खस, दलित जनजाति र मधसीलगायतका समूहलाई बराबर अधिकारको बाँडफाडको लागि समावेसी समानुपातिक ब्यवस्था हाम्रा तीन मुद्दा हुन्।’

पहिलो संविधानसभा अन्तरगतको राज्य पुर्नसंरचना समितिले पेश गरेको प्रतिवेदन तथा अन्तरिम संविधानको धारा १३८ ले भने अनुसार संघीय संरचना निर्माण गरेर र मधेशमा दुई प्रदेश गरेर सीमांकनको समस्या टुँग्याउन सकिने उनको उनको भनाइ थियो।

मधेसमा उठेको आन्दोलन कुनै पार्टी वा मोर्चाको मात्र नभई यहाँको जनताको भएको हुनाले जनताको माग सम्वोधन हुनै पर्ने उनले तर्क गरे । एक दिन अगाडि एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल आएर फर्केको भोलिपल्ट नेता भट्टराई नयाँ शक्तिमा संगठित अरु नेतासहित वीरगन्ज आइपुगेका हुन् । रामचन्द्र झा, रामेश्वर खनाल, रामरिझन राय यादव महेन्द्र पासवान र बलिराम साहलगायत नेता भट्टराईसँग आएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*