घोराही, २० कार्तिक
नेपाली कांग्रेसको तर्फबाट दाङ क्षेत्र नम्बर २ का प्रतिनिधी सभा सदस्यका उमेद्वार राजु खनालले मतदाताहरुसँग भेटघाट गर्नुभएको छ ।
घोराही उपमहानगरपालिका वडा नम्बर ६ लखुवारमा आज सोमवार खनालले भेटघाट गर्नुभएको हो । विहान लखुवारमा पुगेर खनालले मतदाता एवं कार्यकर्ताहरुसँग भेटघाट गर्नुभएको हो ।
लखुवारमा स्थानीयले आयोजना गरेको कार्यक्रममा सहभागी हुन पुगेका खनालले यस क्षेत्रको विकासमा कांग्रेस महत्वपूर्ण हात भएको बताउनुभयो ।
उहाँले कांग्रेसले गरेका विकासलाई कम्यूनिष्ट दलहरुले आफूले गरेको भनेर अनावश्यक हल्ला फैलाएकाले यसमा सचेत रहन स्थानीयबासीहरुलाई अनुरोध गर्नुभयो ।
कांग्रेसको नेतृत्वमा संविधान जारी भएकाले यसलाई कार्यान्वयन गर्न पनि कांग्रेसकै नेतृत्वमा आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा सहभागिहरुले कांग्रेसको नेतृत्वमा मात्र देशले निकास पाउने भन्दै कांग्रेसको पक्षमा मतदान गर्ने बताएका थिए ।
त्यस अवसरमा नेपाली कांग्रेस साविक क्षेत्र नम्बर ३ का सभापति भुपबहादुर डाँगी, साविक सौडियार ईकाई सभापति कर्णबहादुर बुढाथोकीले भनाई राख्नुभएको थियो ।