Home / Feature Breaking news / लोकतन्त्रमा मात्र पेशाको ग्यारेन्टी हुन्छः खनाल

लोकतन्त्रमा मात्र पेशाको ग्यारेन्टी हुन्छः खनाल

दाङ, २० कार्तिक
प्रतिनिधि सभा क्षेत्र नम्वर २ का उमेद्धार तथा निवर्तमान सांसद राजु खनालले लोकतन्त्रमा मात्र पेशा व्यवसायको ग्यारेन्टी हुने बताएका छन् ।

नेपाल ट्रेड युनियन काग्रेस दाङमा आवद्ध नेपाल नाई संघ र नेपाल अटो रिक्सा श्रमिक संघसंग घोराहीमा भएको छलफल कार्यक्रमका उनले यस्तो बताएका हुन् ।

नेता खनालले लोकतन्त्रको रक्षा नेपाली काग्रेसले मात्र गर्ने भएको बताए । ‘कांग्रेसले पेशाको सुरक्षा गर्दछ । त्यसकारण नेपाली काग्रेसलाई विजयी वनाउन समेत आग्रह गरे । उनले भने– ‘हामीले कसैलाइ डर, त्रास देखाएर सत्तामा जादैनौ । सबैलाई सम्मान व्यवहार गर्ने र भुटो प्रचार समेत गर्दैनौ ।’

जनताको सुख दुखमा नेपाली काग्रेसले सहयोग गर्दै आएको र आगामी दिनमा पनि सहयोग गर्ने उनको भनाई छ । देशमा विभिन्न समयमा भएका ठुला ठुला समस्या समेत कांग्रेको नेतृत्वमा समाधान भएको खनालको दाबी छ । सबैलाई लोतान्त्रिक वाटो ल्याउन कांग्रेसले नेतृत्व गरेको बताए ।
निवर्तमान सांसद एवं युवा नेता खनालले नेपाली कांग्रेसको नेतृत्वले नै जिल्लामा भएका विकास निर्माणका कार्यलाई अगाडि बढाएको बताए । कांग्रेसको नेतृत्वमा निर्माण भएको संविधान कार्यान्वय पनि काग्रेसको नेतृवमा हुने बताए ।

जिल्लामा नेपाली काग्रेसको जित सुनिश्चित रहेकाले नेपाली काग्रेसलाई विजयी बनाउन मतदाताहरुलाई अनुरोध गरेका छन् । उनले भने– ‘काग्रेससँगको विजयी सुनिचित देखेर कम्यूनिष्ट पार्टिहरु अत्तालिएका छन् ।’

त्यस अवसरमा प्रदेश सभा क्षेत्र नम्वर २ (क) का उमेद्धार कमलकिशोर घिमिरेले कांग्रेसको नेतृत्वमा मात्र प्रजातन्त्र स्थापना हुने र प्र्रजातन्त्रमा सबैको समान अस्तीत्व हुने बताए । त्यसकालागि नेपाली काग्रेसलाई विजयी बनाउन मतदातालाई घिमीरेले अनुरोध गरेका छन् ।

त्यस अवसरमा प्रदेश सभा क्षेत्र नम्वर २ का समानुपातीक उमेद्धार सावित्रा राना, नेपाली काग्रेस क्षेत्र नम्वर ३ का सभापत्ति भुपबहादुर डांगी, नेपाल ट्रेड युनियन कांग्रेसका पुर्व अध्यक्ष गोविन्द्र प्रसाद न्यौपाने लगायतले भनाई राखेका थिए । कार्यक्रम नेपाल नाई संघका अध्यक्ष इसराइल सलमानीको अध्यक्षतामा भएको थियो । कार्यक्रमको सहजिकरण विष्णुमणि दाहालले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*