Home / Feature Breaking news / नागरिक सहयोगमा प्रहरी भवन निर्माण

नागरिक सहयोगमा प्रहरी भवन निर्माण

राप्ती सन्देश समाचारदाता

दाङ,१८ साउन । समाज शान्ति सुरक्षा कायमका लागि नागरिक र प्रहरीका विचमा सहकार्य आवश्यक रहेको ५ नं. प्रदेशका प्रहरी प्रमुख शेरबहादुर बस्नेतले बताएका छन ।
जिल्ला प्रहरी कार्यालयमा कार्यरत नेपाल प्रहरीका प्रहरी नायव उपरिक्षक र प्रहरी निरिक्षकहरुको लागि निर्माण गरिएको भवनको उद्घाटन गर्दै प्रदेश प्रहरी प्रमुख बस्नेतले समाजमा शान्ति सु–व्यवस्था कायम गर्न नागरिक प्रहरी विचमा सहकार्य आवश्यक रहेको बताए ।

प्रहरीले मात्र एक्लै समाजमा शान्ति सुव्यवस्था काम गर्न नसक्ने भन्दै बस्नेतले जनचाहना अनुरुप सुरक्षा व्यवस्थाका लागि जनता र प्रहरीका विचमा सहकार्य हुनुपर्ने बताए ।

38204244_1600866160018390_4223432103129251840_n

नेपालका अधिकांस स्थानहरुमा राज्यको भन्दापनि निजी क्षेत्रकै अग्रसरतामा प्रहरीहरुको भवन निर्माण हुने गरेका बस्नेतको भनाई थियो । भवन निर्माण समितिका अध्यक्ष बिष्णु पुनको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश प्रहरी कार्यालयका प्रहरी बरिष्ठ उपरिक्षक दिलिपकुमार चौधरीले भवन निर्माणले प्रहरीलाई आवासिय सुरक्षासँगै शान्ति सुरक्षा स्थापनामा सहयोग पु¥याएको बताए ।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी गणेश आचार्य, दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष नारायण भुसाल,नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष सविन प्रियासन, तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष बिरबहादुर रावत ‘बिरु’, नारायणपुर उद्योग बाणिज्य संघका अध्यक्ष महेन्द्रकुमार दाहाल, दाङ देउखुरी इटा व्यवसायी समितिका अध्यक्ष रोम वली, सामुदायिक प्रहरी सेवा केन्द्र घोराहीकी उपाध्यक्ष कृष्णा रानाले भवन निर्माणले प्रहरीलाई आवासिय सुरक्षासँगै समाजमा शान्ति सुव्यवस्था स्थापना गर्न समेत सहयोग पु¥याउने विश्वास व्यक्त गरेका थिए ।

भवन निर्माण समितिका सदस्य खड्ग बुढाथोकीको स्वागत मन्तव्यवाट सुरुभएको कार्यक्रममा भवन निर्माणमा सहयोग गर्ने विभिन्न सरकारी कार्यालय, संघसस्था तथा व्यक्तिहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा सहभागीहरलाई जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक दुर्गा सिंह चन्दले धन्यावाद ज्ञापन गरेकी थिइन । भवन निर्माणमा लागेको लागतका बारेमा भवन निर्माण समितिका कोषाध्यक्ष कुलबहादुर घर्तीले जानकारी गराएका थिए ।

कार्यक्रमको सञ्चालन सामुदायिक प्रहरी सेवा केन्द्र घोराहीका सचिव आर.के शीतल र जिल्ला प्रहरी कार्यालय दाङका राजनकुमार गौतमले गरेका थिए । भवन ३३ लाख ५४ हजार ९ सय ५५ रुपैयाको लगानीमा निर्माण गरिएको निर्माण समितिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*