Home / समाज / दाङमा एकजना मृत अवस्थामा फेला

दाङमा एकजना मृत अवस्थामा फेला

घोराही, १२ साउन ।
दाङको घोराही उपमहानगरपालिका १५ का शुभानन्द अधिकारी मृत अवस्थामा फेला पर्नुभएको छ । अधिकारी आज बिहान घोराहीको तुलसिपुर चोकमा मृत अवस्थामा फेला पर्नु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

बुधबार राति श्रीमतीसँग झगडा परेपछि घरबाट निस्किएका अधिकारी बिहान मृत अवस्थामा फेला परेको प्रहरीको भनाई छ । अधिकारीको टाउकोमा गम्भीर चोट लागेको र घटना बारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*