दाङ, १२ साउन
दाङको घोराही उपमहानगरपालिका वडा नं १५ भरतपुर स्थित एकान्त टोल बिकास संस्थाको आज बिहिवार सम्पन्न भेलाले शंकर गौतमको अध्यक्षतामा नयाँ कार्य समिति सर्वसहमतिले चयन गरेको छ ।
नवगठित कार्य समितिको उपाध्यक्षमा शिवा शर्मा, सचिवमा हेमराज शर्मा, कोषाध्यक्षमा शरदकुमार आचार्य र सहसचिवमा ऋषिराज अधिकारी रहनु भएको छ । समितिको सदस्यहरुमा केशव खनाल, मुना पोख्रेल, हेमराज अधिकारी, आशा सुवेदी,इन्द्रमणि अधिकारी र जानका घर्ति रहनु भएको छ ।
एकान्त टोलका अध्यक्ष शुसील आचार्यको अध्यक्षतामा सम्पन्न भेलामा संस्थापक अध्यक्ष लोकराज आचार्य, सचिव टंकेश्वर सुवेदी, कोषाध्यक्ष केशवराज पोख्रेल, शंकर गौतम, शिशिर अधिकारी,भेषराज खत्री लगायतकाले बोल्नु भएको थियो । भेलाले एकान्त टोलभित्र रहेका बस्तीमा गर्नुपर्ने बिकास निर्माणका कार्यहरु वडा समिति मार्फत आसन्न नगरपरिषदमा पेश गर्ने निर्णय पनि गरेको छ । टोलमा गर्नु पर्ने कामलाई प्राथमिकिकरण गरी नगरपरिषदमा पठाउन भेलाले कार्य समितिलाई निर्देशन गरेको छ ।
