Home / समाचार / घोराही ६ः वडाको समृद्धिमा रेबबहादुरको रफ्तार

घोराही ६ः वडाको समृद्धिमा रेबबहादुरको रफ्तार

अघिल्लो स्थानीय तहको निर्वाचनबाट निर्वाचित घोराही ६ का वडा अध्यक्ष रेबबहादुर बुढाथोकी वडाको बिकासका लागि अब्बल वडा अध्यक्षका रुपमा चिनिए । वडाको बिकासमा प्रतिवद्ध रहेका उनी बिबाद रहित वडा अध्यक्षका रुपमा प्रस्तुत भए ।

एक कार्यकाल वडाको समृद्धिका लागि निरन्तर खटिएका बुढाथोकीलाई यो निर्वाचनमा पुनः उम्मेदवार बन्ने ख्वाब थिएन । तर वडा बासीहरुले एक सच्चा बिकास प्रेमी जनप्रतिनिधिको आवश्यक्ता महशुस गरे । वडा बासीको आग्रहलाई नकार्न सकेनन् । अनि अहिले पुनः वडा अध्यक्षको बाजी मार्ने दौडमा छन् रेबबहादुर । सफल वडा अध्यक्षकेो छबी कायम गरिसकेका उनी आफ्नो जीत पक्का जस्तै देखेका छन् । भन्छन् ‘मलाई वडाको बहुमत मतदाताहरुले उम्मेदवार बन्न आग्रह गर्नु भएको हो, यसर्थ मेरो पक्षमा बहुमत छ ।’

वडाको समृद्धिका लागि ५ बर्ष योगदान गरेका रेबबहादुरले अबको ५ बर्षका लागि झन बलियो मोडालिटि तयार पारेका छन् । अघिल्लो कार्यकालमा केही महत्वपूर्ण कामको सुरुवात भए, तर निर्माण प्रकृयामै रहेकाले यो अवधिमा पुरा हुन पाएनन् ।नयाँ बिकासे मोडलको कार्यान्वयनसंगगै यस्ता अपुरा कामहरु यो कार्यकालमा रेबबहादुरलाई फत्ते गर्नु छ ।

‘म हिजो पनि जनप्रतिनिधि हुँदा वडाको बिकास र समृद्धि भन्दा बाहिर गएन,फलतः मलाई वडाबासीहरुले फेरी मायाँ गर्न खोज्नु भयो,’ रेबबहादुर भन्छन् ‘हिँजोका केही अधुरा कामहरुलाई पूर्णता दिनु संगै वडाको समृद्धिका लागि नयाँ मोडालिटिका आधारमा काम गर्नु छ ।’

वडाको समग्र बिकासका दर्जनौँ प्रतिवद्धता बोकेर चुनावी घरदैलो गरेका रेबबहादुरले यस क्रममा वडा बासीहरुको सुझाव, सल्लाह समेत पाएका छन् । उनी भन्छन् ‘वडाबासीहरुको सल्लाह सुझावकै आधारमा हिँजो पनि चलेँ, अब पनि उहाँहरुकै सुझावलाई शिरोधार्य गर्दै अगाडी बढ्ने प्रणः गरेको छु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*