Home / समाचार / घोराही ५ः अध्यक्षमा दोहोरिन बिष्णुको दौड

घोराही ५ः अध्यक्षमा दोहोरिन बिष्णुको दौड

घोराही उपमहानगरपालिका वडा नम्बर ५ मा गठबन्धनले आफ्नो जीत पक्का हुने गरि चुनावी अभियानलाई तिब्रता दिएको जनाएको छ ।

यो वडामा सत्तारुढ गठबन्धनको चुनावी तालमेल छ । वडा अध्यक्ष कांग्रेसले पाएको यो वडामा अहिले जीत भए वडा अध्यक्षमा कांग्रेसको लगातार दोस्रो जीत हुने छ । यसअघि पनि यो वडामा कांग्रेसका बिष्णुमणी दाहाल अध्यक्ष निर्वाचित भएका थिए ।

अहिले पनि वडा अध्यक्षमा उनै दाहाल उम्मेदवार बनेका छन् । फलतः यो वडामा कांग्रेसले आफ्नो जीतलाई दोहोर्याउने गरि तयारी ब्यापक बनाएको छ । वडा अध्यक्ष उम्मेदवार दाहाल भन्छन् ‘हाम्रो पक्षमा जनमत बलियो छ, यसर्थ गठबन्धनको जति सुनिश्चित छ ।’ दाहालले आफ्नो जीत भएमा अघिल्लो कार्यकालमा खडा भएका बिकासे स्तम्भहरुलाई पूर्णता दिने जनाएका छन् ।

यो वडामा गठबन्धनका तर्फबाट ब्यापक चुनावी प्रचार गरिएको छ । घरदैलो गरेर मत आफ्नो पक्षमा पार्न खोजेको गठबन्धनले समग्र ५ नम्बर वडाको बिकासका लागि कुनै कसर बाँकी नराख्ने जनाएको छ । यो वडाका केही बस्तीहरुमा बिकासको पूर्वाधारलाई पूर्णता दिने बचन गठबन्धनको छ ।

‘शिक्षा, स्वास्थ्य, लगाएत बिकास निर्माणका क्षेत्रमा मैले अघिल्लो कार्यकालमा पनि प्राथमिकताका साथ काम गरेँ,’दाहाल भन्छन् ‘अबको निर्वाचनबाट म निर्वाचित भएँ भने पनि मेरो सम्पूर्ण ध्यान वडाको समृद्धिमा मात्रै केन्द्रीत हुने छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*