Home / Feature Breaking news / गठबन्धनको संयुक्त अपील– ‘गठबन्धनको बिजय सुनिश्चित छ, ढुक्क भएर मतदान गर्नुस्’

गठबन्धनको संयुक्त अपील– ‘गठबन्धनको बिजय सुनिश्चित छ, ढुक्क भएर मतदान गर्नुस्’

गठबन्धन दलहरुले संयुक्त गठबन्धनका साझा उमेद्वारहरुलाई बिजयी बनाउन अपील गरेका छन् । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र क्षेत्र नम्बर २ दाङ परिचालन समितिले अपील जारी गर्दै गठबन्धनका साझा उमेद्वारहरुलाई बिजयी बनाउन अपील गरेका हुन् । साझा उम्मेदवारहरुलाई चुनाव प्रचार प्रसारका क्रममा जनताको माझमा प्रस्तुत गरिँदा देखा परेको अपार जनसमर्थनले गठबन्धनका उम्मेदवारहरुको विजय सुनिश्चित देखिएको भन्दै अपीलमा गठबन्धनले अघि सारेका उम्मेदवारहरुप्रति जनताले देखाएको समर्थन र ऐक्यवद्धताप्रति हार्दिक आभार प्रकट गरिएको छ ।
निर्वाचन परिचालन समितिका संयोजक भिमप्रकाश खड्का र सहसंयोजक तूल्सी डाँगी (मिलन)द्वारा हस्ताक्षरित अपीलमा स्थानीय तहको निर्वाचनलाई संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि अग्रगमन र प्रतिगमनको आन्दोलनका रुपमा लिएको उल्लेख गरिएको छ ।

यस्तो छ गठबन्धनको अपील

नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) दाङ क्षेत्र नम्वर २
निर्वाचन परिचालन समितिको संयुक्त अपील
संयुक्त गठबन्धनका साझा उम्मेदवारलाई विजयी गराऔं
आदरणीय आमा बुबा, दिदीबहिनी, दाजुभाईहरु

यही बैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनमा संविधानको रक्षा र संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास गर्दै जनताका अधिकार घरदैलोमै पु¥याउन प्रतिवद्ध पाँच राजनीतिक दलबीच केन्द्रीयरुपमै चुनावी गठबन्धन कायम भएको छ । दाङको क्षेत्र नम्बर २ मा गठबन्धनमा आवद्ध दलहरु नेपाली काग्रेस, नेकपा (माओवादी केन्द्र) र संयुक्त जनमोर्चाका तर्फवाट साझा उम्मेदवार अघि सारिएको छ । क्षेत्र नं दुई अन्तर्गत दाङको घोराही उपमहानगरपालिका र बंगलाचुली गाउँपालिकामा गठबन्धनका तर्फवाट अघि सारिएका साझा उम्मेदवारहरुलाई चुनाव प्रचार प्रसारका क्रममा जनताको माझमा प्रस्तुत गरिँदा देखा परेको अपार जनसमर्थनले गठबन्धनका उम्मेदवारहरुको विजय सुनिश्चित देखिएको छ । हामीले अघि सारेका उम्मेदवारहरुप्रति जनताले देखाएको समर्थन र ऐक्यवद्धताप्रति हार्दिक आभार प्रकट गर्न चाहन्छौं । आगामी ३० गतेको निर्वाचनमा गठबन्धनका साझा उम्मेदवारहरुलाई मतदान गरेर विजयी गराउनु हुनेमा विश्वस्त रहेका छौंं ।
आदरणीय जनसमुदायहरु
दुई पटकसम्म संसद विघटन गरेको शक्ति नेकपा (एमाले)ले अहिले पनि लोकतन्त्र, गणतन्त्र, संघीयता र समावेशीता जस्ता संविधान प्रदत्त उपलव्धी विरुद्ध ठूलो षड्यन्त्र गरिरहेको छ । यस अवस्थामा हामीले स्थानीय तहको निर्वाचनलाई संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि अग्रगमन र प्रतिगमनको आन्दोलनका रुपमा लिएका छौं । २ नम्वर क्षेत्र अन्तर्गत घोराही, उपमहानगरपालिका र बंगलाचुली गाउँपालिकामा हाम्रो तर्फवाट अघि सारिएका गठबन्धनका उम्मेदवारहरुलाई विजयी गराई स्थानीय तहलाई अधिकार सम्पन्न तुल्याउँदै स्थानीय विशेषतामा आधारित विकास, शिक्षा, स्वास्थ्य, रोजगारीको सुनिश्चिततामार्फत् सामाजिक न्यायसहितको समृद्धि हासिल गर्ने हाम्रो लक्ष्य छ ।

हामीले साझा गठबन्धनको तर्फवाट साझा उम्मेदवारी मनोनयन गरेसँगै साझा प्रतिबद्धता पत्र आम मतदाता समक्ष पु¥याइसकेका छौं । हाम्रो साझा चुनावी प्रतिबद्धतापत्रमा कृषिको आधुनिकीकरण, गुणस्तरीय सीपमूलक शिक्षा र रोजगारीको ग्यारेण्टी, नागरिक स्वास्थ्यमा स्थानीय सरकारको जिम्मेवारी, निशुल्क स्वास्थ्य विमा, वडा वडासम्म उद्योग, दिगो विकासका लागि सडक पूर्वाधार, स्वस्थ्य खानेपानी, बैज्ञानिक भू–उपयोग तथा व्यवस्थित विकासको योजना अघि सारिएको छ ।
यसैगरी पर्यटन क्षेत्रको विकासका लागि पालिका स्तरीय योजना, स्थानीय कला–संस्कृति, भाषा र मौलिक पहिचानका लागि विशेष योजना र अभियान, सुसासन र भष्ट्राचारमुक्त पालिका, सार्वजनिक सेवामा सहज नागरिक पहँुच, जनताको गाँस, बाँस, कपास, शिक्षा, स्वास्थ्य र रोजगारीका लागि स्थानीय सरकारको जिम्मेवारी, जेष्ठ नागरिक, महिला, बालबालिका, दलित र अपाङ्गता भएका व्यक्ति तथा अल्पसंख्यक वर्ग समुदायका लागि विशेष अधिकार, स्वास्थ्य तथा राहत व्यवस्थाका लागि पनि स्थानीय सरकारले जिम्मेवारी लिनुपर्ने हाम्रो प्रतिबद्धता छ ।
यसैगरी युवा र खेलकूदको विकास, सूचना तथा सञ्चारको विकास, हिलोधुलो मुक्त पालिकाको विकास, स्थानीय तहका वडा र टोलसम्म कालोपत्रे सडक र सहज यातायात पहुँचको व्यवस्था, अति विपन्न, मजदुर, गरिव किसान, बृद्धबृद्धा, एकल महिलालाई निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गरिने योजना छ । यस्तै कृषकहरुलाई कृषक परिचय पत्र, मल बिउको सहज व्यवस्था, कृषक पेन्सनकोे व्यवस्था गरिने छ । विद्युत र खानेपानी निःशुल्क गर्ने हाम्रो एजेण्डा छ । यसैगरी चोक चोकसहित सार्वजनिक स्थलमा फ्रि इन्टरनेट, पालिका स्तरीय सरकारी अस्पताल सञ्चालन गर्नेलगायतका योजना अघि सारिएको छ ।

आदरणीय मतदाता ज्यू
आज राती १२ वजेदेखि मौन अवधि सुरु हुँदैछ । मौन अवधिपछि प्रचार प्रसारका कार्य रोकिने छन् । यसअघि हाम्रा उम्मेदवारहरु यहाँहरुको घरदैलोमा आइसक्नु भएको छ । हामीले अघि सारेका उम्मेदवारलाई मतदान गरी साझा एजेण्डा कार्यान्वयन गर्ने अवसर प्रदान गर्नु हुनेछ भन्नेमा हामी विश्वस्त छौं । त्यसैले आउनुस्, अग्रगमन र प्रतिगमनको यो लडाईंमा घोराही र बंगलाचुली पालिकाको प्रमुख÷अध्यक्ष पदमा गोलाकारभित्रको हँसिया हतौडा चिन्हमा र उपप्रमुख÷उपाध्यक्ष पदमा रुख चुनाव चिन्हसहित वडाका उम्मेदवारहरुका तोकिएका चुनाव चिन्हमा मतदान गरी नेपाली जनताका अधुरा सपना पूरा गर्दै समृद्ध नेपालको निर्माणतर्पm अघि बढौं ।

मितिः २०७९ बैशाख २७ गते

संयोजक– भिमप्रकाश खड्का

सह संयोजक– तुल्सी डाँगी (मिलन)

निर्वाचन परिचालन समिति  क्षेत्र नं २ दाङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*