Home / समाचार / ‘मतदाताको म प्रति आशा र भरोसा छ’– रामबहादुर जि.सी

‘मतदाताको म प्रति आशा र भरोसा छ’– रामबहादुर जि.सी

तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ बासीले यो ५ वर्षमा जनप्रतिनिधि भनेर चिनेका व्यक्ति हुन् राम बहादुर जिसी । रातको समयमा खोलामा बाढी आएर बाटो अवरुद्ध हुँदा होस् या बाटो नपुगेका बस्तीमा बाटो पु¥याउने सन्दर्भमा, वडा भित्रका विपन्न परिवारको घरमा अप्ठ्यारोमा राहत बोकेर होस् या समाजमा उत्पन्न विवाद मिलाउने सन्दर्भमा होस् । जीसीको निकै ठूलो योगदान छ । जिसी मध्यमवर्गीय परिवारका सदस्य हुन् । उनी सामाजिक सेवामा तल्लिन हुन रुचाउँछन् ।

केही समय वैदेशिक रोजगारीमा बिताएका उनले समाजसेवा गर्ने हुटहुटीले आफूलाई, राम्रै आम्दानी भइरहेको रोजगारीमा पनि टिक्न नदिएको बताउँछन् । उनी भन्छन् मासिक २ लाखबढी आम्दानी हुने जागिर छोडर हिंडेको हुँ । म जनताको सेवा गर्न चाहन्छु । यसपटक वडाध्यक्ष भूमिका सम्हाल्ने जिम्मेवारी पाए, आउँदो ५ वर्षमा तुलसीपुर–७ लाई समृद्ध र नमूना योग्य वडाको रुपमा चिनाउने छु ।

सरल स्वभावका जिसी वडा नं.७ बासीको रोजाइमा परेका जनप्रतिनिधि हुन् । यसकारण पनि उनी आसन्न निर्वाचनबाट वडाध्यक्षमा निर्वाचित हुने प्रशस्त आधार भएको तुलसीपुर–७ घुसरीका शरद भण्डारी बताउँछन् । उहाँले यो ५ वर्षमा धेरै राम्रा काम गर्नुभएको छ । कतिपयले भनेको सुन्छु, सदस्यको कामै नहुने रै छ तर मैले हाम्रो वडामा हुने हरेक गतिविधिमा सबैभन्दा बढी उहाँ नै क्रियाशील भएको देखें । उनी भन्छन् ‘काम गर्ने मान्छेलाई पदले फरक नपार्दो रहेछ । यद्यपी वडाध्यक्ष भएर अझ बढी जिम्मेवारी पाए अझ बढी काम गर्नुहुन्छ भन्नेमा हामी वडाबासी विश्वस्त छौं । त्यसैले यसपटक चाहीं उहाँलाई नै मतदान गर्ने मनसाय बनाएको छु ।

जिसीले स्थानीयस्तरका कयौं समस्याहरुमा आफ्नो लगानी गरेर पनि काम गरेको उनले बताए । जनप्रतिनिधिको भुमिका निवार्ह गरेको छु । भन्छन् सिमानाको हिसावले म तुलसीपुर–७ को वडाको सदस्य हुँ तर म जनप्रतिनिधी हुँ, जनप्रतिनिधीत्वको भावना भुगोलको रेखाले खुम्चिन सक्दैन । प्रतिनिधी हुन हरेक जनको प्रतिनिधी हुनसक्ने हिम्मत राख्नुपर्दछ । त्यो भावना म सँग छ । गत २०७४ को स्थानीय निर्वाचनबाट तुलसीपुर–७ को वडा सदस्य पदमा लोकप्रिय मत सहित निर्वाचित भए यता जिसीको कार्यकाल जनताको घरदैलोमा पुगेरै बित्यो ।

यो ५ वर्ष आफू हरेक दिन जनताको घरदैलोमा पुगेको जिसी बताउनुहुन्छ । मैले वडाध्यक्ष जित्नका लागि यो प्रचार प्रसार गर्न आवश्यक नै छैन किन भने म वडा सदस्य निर्वाचित भए यता हरेक दिन वडाबासीको घरमा पुगेको छु, उहाँहरुका समस्या समाधानका लागि भूमिका खेलेको छु । जो आमवडाबासीले बुझ्नुभएको छ । उहाँ भन्नुहुन्छ ‘तर पनि चुनावको माहोल छ । हिजोसम्म जनताको सेवामा समर्पित थिएँ, आज फेरि मलाई अरु ५ वर्ष तपाइँहरुको सेवक बनाउनुस् भन्न हिंडेको छु । मतदाताहरुको म प्रति आशा र भरोसा धेरै रहेछ, बुझें । मलाई नै मतदान गर्नुहुन्छ । प्रतिस्पर्धा बिना नै जित्छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*