घोराही, १ जेठ ।
मैत्रीपुर्ण फुटबलमा पत्रकारहरुको समुह विजयी भएको छ । पत्रकार महासंघको टोलीले युवा संघलाई ७—० गोल अन्तरले विजयी भएको हो । युवा संघ नेपालको २८ औँ स्थापना दिवसका अबसरमा मैत्रीपुर्ण फुटबल प्रतियोगीता भएको हो ।
मैत्रीपुर्ण फुटबल प्रतियोगीतामा पत्रकार, युवा संघ, कानून ब्यबसायी र निजामती कर्मचारीको टोलीले प्रतिष्पर्धा गरेका थिए । युवा संघले निजामती कर्मचारी र पत्रकारहरुले कानून ब्यबसायीलाई जितेर फाइनलका लागि यात्रा तय गरेका थिए ।

पत्रकारको तर्फबाट रामकृष्ण बस्नेतले ३ गोल गर्नुभएको थियो । युवा संघ दाङको टोलीमाथि हाबी भएको पत्रकारको टोलीका तर्फबाट सविन प्रियासन, रुपक थापा, मनिष पाण्डे र गोपाल कवरले १÷१ गोल गरी पत्रकारको टोलीले ७ गोल गरेको थियो । सात गोलले विजयी भएको पत्रकारको टोलीले एउटा खशी उपहार प्राप्त गरेको छ ।
पत्रकारहरुको तर्फबाट सविन प्रियासन, रूपक थापा, मनिष पाण्डे, चन्द्र नेपाली, दोर्ण योगी, भुबन वली, रामकृष्ण बस्नेत, गोपाल कुवर, शिबराज गिरी, सोनम चौधरी, बिश्व चौधरी, देबराज भण्डारी, आर.के. शीतल, किरण गौतम, प्रेमबहादुर राम्जा, सन्तोष अधिकारी, हेमराज अधिकारी, सुमन केसी, लिलाधर वली, टीका बस्नेत, दिपक वली, सुमन केसी, प्रकाश चौधरी, ले खेल्नुभएको थियो ।
प्रतियोगीता पश्चात बोल्ने बक्ताहरुले युवाहरु सिर्जनशील हुनुपर्ने भन्दै खेललाई सद्भाव र भाईचाराको सम्बन्ध गराउने माध्यमका रुपमा लिन आग्रह गरेका थिए । खेलले सबैलाई मिलन गराउने भन्दै मैत्रीपुर्ण फुटबलले सबैलाई सद्भावको बाटोमा डो¥याउने बिश्वास गरेका थिए ।
समापन कार्यक्रममा नेकपा एमालेका जिल्ला अध्यक्ष टीकाराम खड्का, प्रदेश सांसद रेवतीरमन शर्मा, युवा संघका केन्द्रीय सचिबालय सदस्य मनोहर बुढाथोकीले बोल्नुभएको थियो । युवा संघका जिल्ला अध्यक्ष मौसम आचार्यको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सहजीकरण सहसचिव माधव वलीले गर्नुभएको थियो ।।
RaptiSandesh RaptiSandesh