Home / Feature Breaking news / इतिहास बिउँझाउने अनमोल चित्रहरु

इतिहास बिउँझाउने अनमोल चित्रहरु

लिलाधर वली
चौघेरा, १४ साउन । घोराही उपमहानगरपालिका वडा नं.१७ चौघेरामा रहेको सिद्ध गोरक्ष रत्ननाथ मन्दिरको एउटा कोठामा तत्कालिन साधुसन्त प्रभातनाथ योगीले बनाएका शाह बंशीय राजाहरुदेखि विभिन्न जीवजन्तु, धार्मिक देवीदेवताहरुका चित्रहरु रहेका छन । करिव दुई सय संख्यामा रहेका चित्रहरुको संरक्षण हुन सकेको छैन । चित्रहरुको संरक्षण हुन नसक्दा अहिले अधिकांस चित्रहरु कोठामा अलपत्र अवस्थामा छन ।

ती चित्रहरुले मन्दिर व्यवस्थापन समिति र राज्यलाई गिज्जाई रहेका छन । कला सस्कृतिको संरक्षणमा राज्यको ध्यान जानु पर्ने भएपनि आफनै अगाडी रहेका सम्पतिको संरक्षण हुन सकिरहेको छैन मन्दिरका महन्त सुरतनाथ योगी बताउछन । महन्त योगीका अनुसार चित्रहरुको संरक्षणका लागि व्यवस्थीत हल कोठा आवश्यक रहेको छ । तर अहिले मन्दिरमा स्तरिय हल कोठा नहुदा प्रभातनाथ योगीले बनाएका चित्रहरुसँगै मन्दिरमा रहेका पुस्तकहरुको संरक्षणमा समस्या भएको छ । ‘मन्दिर व्यवस्थापन समितिले ध्यान दिदैन,हामीहरुले केही गर्न सक्दैनौ जसका कारण प्रभातनाथले बनाएका चित्रहरुसँगै पुस्तकहरुको संरक्षणमा समस्या देखिएको छ’,महन्त योगीले भने,‘ राज्यले ध्यान नदिने हो भने चित्रहरुसँगै पुस्तकहरु लोप हुने अवस्थामा पुग्नेछन ।’ पुस्तक तथा चित्रहरु राख्ने सुरक्षित ठाउँ नहुदा कतिपय पुस्तक तथा चित्रहरु धमिराले खाने खतरा रहेको उनी बताउछन ।

37984116_961160694069002_390866874616774656_n
चौघेरा मन्दिरको सम्पतिका रुपमा रहेपनि आर्थिक अभावका कारण चित्रहरु संरक्षणका लागि छुट्टै घर बनाउन नसकिएको महन्त योगीले बताए । चित्रहरुको संरक्षणसँगै मन्दिर व्यवस्थापनमा समेत राज्यले ध्यान सकिरहेको छैन ।

जसले गर्दा ऐतिहासिक मन्दिर जिर्ण बन्नुका साथै मन्दिर मन्दिरमा योगी प्रभातनाथले बनाएका धार्मिक, ऐतिहासिक एव वैज्ञानिक दृष्टिले बनाएका चित्रहरुसँगै नेपाली, सस्कृति र हिन्दी भाषामा लेखिएका करिव ४० देखि ५० प्रकारका पुस्तकहरु संरक्षणमा समस्या देखिएको छ । पुस्तकहर अध्ययनका लागि स्वदेशी तथा विदेशी विभिन्न व्यक्तिहरु आउने गरेपनि उनीहरुलाई बसेर अध्ययन गर्ने उपयुक्त कोठा समेत रहेको छैन । महन्त योगीका अनुसार धार्मिक, ऐतिहासिक, सास्कृतिक एव वैज्ञानिक दृष्टिकोणले बनाईका चित्रहरुसँगै मन्दिरको पुस्तकालयमा कर्णाली प्रदेशको इतिहास, सन्धी पत्र,विभिन्न धार्मिक ग्रन्थ,गोरक्ष योग मञ्जरीलगाएतका विभिन्न धार्मिक पुस्तकहरु रहेका छन ।
प्रमुख जिल्ला अधिकारको संयोजकत्वमा विभिन्न सकारकारी कार्यालय तथा राजनीतिक दलका प्रतिनिधिहरु रहेको मन्दिर व्यवस्थापन मुल समिति रहेपनि उक्त समितिले मन्दिरको व्यवस्थापनमा ध्यान दिन नसकेको मन्दिरमा बस्दै आएका योगीहरुको गुनासो रहेको छ ।

37947335_2591179934446754_7321092375340646400_nमन्दिरमा प्रभातनाथ योगीले विसं २०२० सालदेखि २०६४ सालसम्म बनाएका विभिन्न ऐतिहासिक,पुरात्वतिक एव सास्कृतिक पहिचान झल्काउने चित्रहरु रहेका छन । ती चित्रहरुलाई अहिले उनै प्रभातनाथ योगीले चित्र बनाउने गरेको कोठामा थन्काउने काम मात्र भएको मन्दिरका महन्त योगी बताउछन । ‘ साधुसन्त प्रभात नाथ योगीले बनाए चित्रहरु मन्दिरमा रहेका छन’,महन्त योगीले भने,‘चित्रहरुको संरक्षण नहुदा जिर्ण बन्ने खतरा बढेको छ ।’ मन्दिरको नाममा करिव २ सय हजार विगाह नाममा जमिन रहेपनि आम्दानी न्यून रहेको छ ।

मन्दिर व्यवस्थापन समितिले समितिसँग पैसा नभएको र राज्यले मन्दिरको संरक्षणकालागि एक रुपैयापनि बजेट बिनियोजन नगदा चित्रहरुसँगै मन्दिर व्यवस्थापनमा समेत समस्या देखिएको छ । महन्त योगीका अनुसार मन्दिरमा गुठी सस्थानवाट दश लाख रुपैया व्याज आउने गर्दछ र जग्गा तथा सटरभाडा बाफत उठ्ने रकमका कारण मन्दिरमा दैनिक पुजापाठदेखि कर्मचारी व्यवस्थापन गर्नुपरेको मन्दिरका नागर्भी प्रकाश नेपाली बताउछन ।

38009498_961160720735666_1511608079060303872_n

उनका अनुसार २० देखि २२ जना योगी महाराजसँगै २५ जनासम्म कर्मचारीहरु रहेका छन । गुठी सस्थानले समयमै पैसा नदिदा मन्दिरमा दैनिक पुजापाठका लागि सामाग्री किन्नेदेखि कर्मचारीहरुलाई तलव खुवाउन समेत समस्या हुने गर्दै आएको छ । प्रभातनाथ योगीले मन्दिरमा बसेको करिव ४० बर्षको अवधिमा धेरै चित्रहरु बनाएको योगीहरु ब्ताउछन । उनले बनाएका चित्रहरु नेपालका काठमाण्डौको पशुपतिनाथ मन्दिर,चौघेरेलगाएतका भातरका विभिन्न स्थानमा समेत भेटिने गरेका योगीहरु ब्ताउछन । कलाकारिताका धनी प्रभातनाथले चौघेरामै धेरै चित्रहरु बनाएर पनि चित्रहरु उचित संरक्षण नहुदा उनको कलाकृतिको लोप हुने खतरा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*