Home / Feature Breaking news / नेपाल प्रेस युनियनमा ३ पदाधिकारीसहित ११ जना दंगाली पत्रकार विजयी

नेपाल प्रेस युनियनमा ३ पदाधिकारीसहित ११ जना दंगाली पत्रकार विजयी

दाङ, ९ साउन

नेपाल प्रेस युनियनको साउन ६ र ७ गते मकवानपुरको हेटौडामा भएको महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिमा दाङका ११ जना पत्रकारहरु बिजयी भएका छन् । नेपाली कांग्रेसको स्भेच्छुक संस्था नेपाल प्रेस युनियनको नवौं महाधिवशनबाट दाङका ३ जना पदाधिकारीमा र ८ जना सदस्य पदमा बिजयी हुुनुभएको हो ।

उपमहासचिवमा सुलोचना गौतम, सचिवमा भुवन शर्मा र कोषाध्यक्षमा माधव धिताल बिजयी हुनुभएको छ । यस्तै सदस्यहरुमा मुक्तीबाबु रेग्मी, बसन्त योगी, चेतन रेग्मी, लोकराज अधिकारी, नारायणी रजौरे, आत्मा गुरागाई, लक्ष्मीमान चौधरी र अञ्जना चौधरी बिजयी भएको नेपाल प्रेस युनियन दाङका अध्यक्ष सन्तोष सुवेदीले जानकारी दिनुभयो ।

यो सँगै नेपाल प्रेस युनियन केन्द्रिय समितिमा दाङले बाक्लो उपस्थिति जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*