Home / Feature Breaking news / बारको नतिजाः अध्यक्षमा प्रगतिशिलका श्रेष्ठ र महासचिवमा लोकतान्त्रिकका पौडेल विजयी

बारको नतिजाः अध्यक्षमा प्रगतिशिलका श्रेष्ठ र महासचिवमा लोकतान्त्रिकका पौडेल विजयी

काठमाडौं,२१ चैत । कानून व्यवसायीको छाता संगठन नेपाल बार एशोसिएशनमा अध्यक्षमा प्रगतिशील, पेशागत तथा समावेशी समूहका उम्मेदवार चण्डेश्वर श्रेष्ठ विजयी भएका छन् ।

बिहीबार सम्पन्न मतगणनाको नतिजा अनुसार श्रेष्ठले बृहत लोकतान्त्रिकका उम्मेदवार सुनिल पोखरेललाई मतले पारजित गरेका हुन् ।
त्यसैगरी महासचिवमा लोकतान्त्रिक समूहका लिलामणि पौडेलले विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी प्रगतिशील समूहका सुरेन्द्रबहादुर थापालाई पराजित गरेका हुन् ।

चैत १९ गतेदेखि भएको मतगणना बिहीबार सकिएको हो ।

२५ औँ केन्द्रीय कार्यसमितिका लागि गत शनिबार बिहान ८ देखि अपराह्न ४ बजेसम्म देशभरिका ३५ मतदान केन्द्रमा निर्वाचन भएको थियो । निर्वाचनमा देशभर बारका १० हजार ३१३ मतदातामध्ये आठ हजार ३ सय २९ मतदाताले मतदान गरेका थिए ।

बारमा नयाँ नेतृत्वका लागि तीन वर्षका लागि हुने कार्यसमितिमा एक अध्यक्ष, एक महासचिव, एक कोषाध्यक्ष, महिला उपाध्यक्ष एक र सातै प्रदेशबाट एक(एक गरी आठ उपाध्यक्ष र १४ केन्द्रीय सदस्यका लागि निर्वाचन भएको थियो ।

बारको निर्वाचन समितिले मतपरिणामको औपचारिक घोषणा केही बेरमा गर्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*