Home / Feature Breaking news / घुम्ती शौचालय घुम्न छाडेपछि ….

घुम्ती शौचालय घुम्न छाडेपछि ….

अमरराज आचार्य
दाङ, २३ बैशाख । घुम्ती शौचालय घुम्न छाडेपछि अहिले तुलसीपुर चोकदेखि पश्चिमतर्फ घोराहीमा दुर्गन्धीत भएको छ । घोराही उपमहानगरपालिकाको पहलमा उक्त स्थानमा करिव ५ वर्ष पहिले उक्त स्थानमा घुम्ती शौचालय राखिएको थियो । तर राखेको स्थानवाट हालसम्म कतै सारिएको छैन । बजार आउने यात्रुलाइ शौच गर्ने समस्या भएपछि उपमहानगरपालिकाले उक्त स्थानमा घुम्ती शौचालय राखेको थियो ।

तर त्यसको उचित व्यवस्थापन नहुदा अहिले दुर्गन्धीत भएर वरिपरी वस्न नसक्ने अवस्था रहेको छ । घुम्ती शौचालयमा न अहिले ताला नै लगाइएको छ । ताला नलगाउदा वजार आउने नागरिकले त्यसैमा दिसा पिसाव गर्ने गरेका छन् । रातको समयमा घुम्ती शौचालयको वाहिर समेत दिसा, पिसाब गर्ने गरेका छन् । जसले गर्दा अहिले वरिपरी रहेका व्यवसाय गर्ने नागरिक, तथा उक्त स्थान भएर सडकमा हिडने यात्रुलाई समस्या परेको छ । उक्त वाटो भएर दैनिक हजारौ मानिसहरु आवत जावत गर्ने गर्दछन् । नजिकै पश्चिम क्षेत्रमा जाने बसहरु समेत लाग्ने गर्दछन् पश्चिमतर्फ जाने यात्रुहरु समेत त्यही वस्नु पर्ने वाध्यता रहेको छ ।

उक्त क्षेत्रमा हिडडुल गर्दा नाक थुनेर हिडनु पर्ने वाध्यता रहेको स्थानिय वासीन्दाहरुको भनाई रहेको छ । अहिले उक्त घुम्ती शौचालय खिया लागि सकेको छ । यसरी राखिएको घुम्ती शौचालयको अवस्था वारे घोराही उपमहानगरपालिका समेत बेखवर रहेको छ । घुम्ती शौचालय नजिकै व्यवसाय गर्ने भिम विश्वकर्माले दुर्गन्धले वस्न नसक्ने अवस्था रहेको बताए । पसलमा वस्दा मुख थुनेर वस्नु पर्ने वाध्यता रहेको उनी बताउछन । ‘के गर्नु दुर्गन्धले गर्दा वस्न नसक्ने अवस्था रहेको छ, वाध्यताले वस्नु परेको छ’ विश्वकर्माले भने । उनले वाटोमा हिडने यात्रुले समेत मुख थुनेर हिडने गरेको बताए ।

chauchalya

‘घोराहीको बिच वजारमा रहेको घुम्ती शौचालयको यस्तो दुर्दशा रहेको छ’ विश्वकर्माले भने । चोकमा सार्वजनिक शौचालय हुन जरुरी रहेको समेत उनको भनाई रहेको छ । व्यवस्थापन गर्ने नसक्दा समस्या भएको बताए । राम्रो व्यवस्थापन भएको भए वजार आउने नागरीकलाइ सहज हुने उनको भनाई रहेको छ । ‘अहिले पनि कति पय मानिसले वाध्य भएर यही प्रयोग गदै आएका छन भने कति पय प्रयोग गर्न नसकेर फर्किने गरेका छन्’ विश्वकर्माले भने । रातको समयमा घुम्ती शौचालयको वाहिर नै शौच गर्ने गरेका छन् ।

उनी जस्तै सोही स्थानमा व्यवसाय गदै आएकी निर्मला वुढाले पनि घुम्ती शौचालयको दुर्गन्धीले हिडडुल गर्न नसक्ने वनाएको बताइन । वाटोमा हिडडुल गर्दा पनि मुख थुनेर हिडनु पर्ने वाध्यता रहेको उनको भनाई रहेको छ । ‘मेन वजारमा यस्तो दुर्गन्धीत हुनु दुखद हो’ वुढाले भनिन । उनले पसलमा आउने मानिसहरु समेत दुर्गन्धले गर्दा समस्या पारेको बताइन । यस प्रकारको समस्या समाधान गरीहिडदा समेत मुख थुनेर डिहनु पर्ने वाध्यताको समस्या समाधान गरिनु पर्ने उनको भनाई रहेको छ । स्थानिय वासीन्दाहरुले पटक पटक दुर्गन्धका वारेमा जानकारी गराए पनि उपमहानगरपालिकाले नसुनेको बताए । स्थानियवासीन्दाहरुले दुर्गन्धी वातावरणको समस्या समाधान गर्ने समेत उपमहानगरपालिकासंग माग गरेका छन् ।

घोराही उप महानगरपालिका वडा नं १५ का वडा अध्यक्ष रमेश पाण्डेले वातावरण हुन नदिने गरी अगाडि वढने बताए । उनले घुम्ती शौचालयलाई व्यवस्थीत गरेर सञ्चालन ल्याउने या उक्त स्थानवाट हटाउने बताए । त्यसका लागि आफुले पहल थाल्ने समेत बताए । ‘हामीले नागरीकलाई समस्या पर्ने गरी दुर्गन्धीत हुन दिने छैनउ’अध्यक्ष पाण्डेले भने । उक्त घुम्ती शौचालयमा शौच गरे वाफत ५ रुपैया तिनु पर्ने व्यवस्था गरिएको थियो । सोही स्थानमा व्यवसाय गर्नेहरुवाट सरसफाई शुल्क भनेर मासिक ३ सय रुपैया देव्रेन्द्र टोलले उठाउने गरेको थियो भने पछिल्लो समयमा उप महानगरपालिका कार्यालयले व्यासायिहरुवाट मासिक रुपमा सरसफाई वाफत २ सय १० रुपैया लिदै आएको व्यवसायिहरुले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*