Home / Feature Breaking news / दिपक गिरीका दुई अप्सन : कोषाध्यक्ष वा सहमहामन्त्री

दिपक गिरीका दुई अप्सन : कोषाध्यक्ष वा सहमहामन्त्री

दाङ,२१ मंसिर । कांग्रेसको चौधौं महाधिवेशन नजिकिंदै गर्दा नेपाली कांग्रेसका केन्द्रीय सदस्य, पूर्व सिंचाइमन्त्री तथा दाङका स्थानीयबासी दिपक गिरीले दुई वटा विकल्प अघि सारेका छन् ।

गिरी निकट श्रोतका अनुसार उनी महाधिवेशनमा अहिले भएको केन्द्रिय सदस्यमा मात्रै चित्त बुझाउने छैनन् । यो भन्दा माथिल्लो पोष्टमा उक्लन उनी खस आर्यबाट सहमहामन्त्रीमा उम्मेदवारी दिने छन् वा खुल्ला केन्द्रियसदस्य बनेर पार्टीको कोषाध्यक्षमा उम्मेदवारी दिने छन् ।

हालै सम्पन्न नेपाली कांग्रेस लुम्बिनी प्रदेश अधिवेशन तथा दाङ जिल्ला अधिवेशनमा पनि आफ्नो पक्षलाइ जिताएर एउटा हाइट बनाएर चर्चित बनेका गिरीले यद्धपि आफ्नो उम्मेदवारी भने औपचारीक रुपमा घोषणा गरीसकेका छैनन् । दई÷तीन दिनभित्र उनले आफ्नो उम्मेदवारी औपचारीक रुपमै घोषणा गर्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*