Home / Feature Breaking news / गौमाता रक्षार्थ आयोजना गरिएको महायज्ञ एवं दशै धार्मिक महोत्सवको तयारी तीव्र

गौमाता रक्षार्थ आयोजना गरिएको महायज्ञ एवं दशै धार्मिक महोत्सवको तयारी तीव्र

घोराही, २१ असोज

गौमाता रक्षाकालागी घोराहीमा महायज्ञ सञ्चालन हुने भएको छ । श्री योगी आदित्यनाथ फाउण्डेशनको आयोजनामा यही असोज २८ गतेदेखी कार्तिक ५ गतेसम्म घोराहीमा महायज्ञ सञ्चालन हुने भएको हो ।

आयोजक मूल समितिले महायज्ञको बारेमा पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । श्री योगी आदित्यनाथ फाउण्डेशनले तुलसीपुर उपमहानगरपालिका १८ मा सञ्चालन गरेको गौशाला व्यवस्थापन लगायत गाईहरुको आहार व्यवस्थापनकालागी महायज्ञ आयोजना गर्न लागिएको आयोजक मूल समितिका संयोजक एवं श्री योगी आदित्यनाथ फाउण्डेशनका अध्यक्ष भरतनाथ योगीले जानकारी दिनुभयो ।

गौशालामा रहेका ५ सय बढि असहाय, बेसहारा, सुत्केरी गौमाताहरुको विगत दुई वर्ष देखि फाउण्डेशनले पालन पोषण गरिरहेको र हरेक दिन बेसाहारा गाईहरुको संख्या बढ्दै गएकाले थप व्यवस्थापन गर्न कठिन भएका कारण सबैको सल्लाहमा महाय सञ्चालन गरिएको योगीले जानकारी दिनुभयो ।

गैशालामा रहेका गौमाताहरुको संरक्षण तथा बसाई व्यवस्थापन, आहारा व्यवस्थापन लगायत राष्ट्रिय जनावर गाईको महत्व समाजमा स्थापीत गर्नकालागी ‘श्रीमद्भागवत एवं शतचण्डी श्रीङ्खारिक पञ्चआरती धार्मिक दशै महोत्सव’ आयोजना गरिएको र महायज्ञको तयारी तीव्र रुपमा अगाडी बढाईएको मूल आयोजक समितिका संयोजक भरतनाथ योगीले जानकारी दिनुभयो । महायज्ञको तयारी अन्तरगत विभिन्न समिति तथा उपसमितिहरु गठन गरिएको र ती समितिहरुले आफ्नो काम तीव्र रुपमा अगाडी बढाएको पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

पत्रकार सम्मेलनमा बोल्दै महायज्ञका सल्लाहकार समितिका संयोजक डा.भोलानाथ योगीले हिन्दु धर्म अनुसार हरेक घरमा गाई हुनुपर्छ भनिएको तर आधुनिकतासँगै गाई संरक्षणमा ध्यान जान नसक्दा राष्ट्रिय एवं धार्मिक जनावरको संरक्षण एवं व्यवस्थापन गर्न आवश्यक भएको महसुश गरेर यस महायज्ञको आयोजना गरिएको बताउनुभयो । उहाँले अन्य महायज्ञभन्दा यो महायज्ञ फरक उद्धेश्यले आयोजना गरिएको भन्दै सहयोग गर्न सम्पूर्णमा अनुरोध गर्नुभयो । महायज्ञको मुख्य वाचनकमा अन्तराष्ट्रिय स्वर्ण पदकबाट विभुषित प.ं श्री अमृतशरण देवाचार्य रहनुभएको उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीले राष्ट्रि« जनावर एवं हिन्दु धर्मसँग जोडीएको गौमाताको संरक्षणकालागी आयोजना गरिएको महायज्ञ सफल बनाउनु सबै हिन्दु धर्मालम्बीहरुको दायित्व भएकाले यसलाई सफल बनाउनकालागी सञ्चार क्षेत्रले साथ र सहयोग प्रदान गर्ने बताउनुभयो । कार्यक्रमको सहजिकरण महायज्ञका प्रचारप्रसार समिति संयोजक आर.के.शीतलले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*