दाङ,२८ असार । जंगली च्याउँ खादा दाङमा चार जना बिरामी भएका छन ।
जंगली च्याउँ खादा घोराही उपमहानगरपालिका वडा नं. १३ डुमवरगाउँ निवासी ३६ बर्षीय हिरा बुढा, सोही ठाउँ निवासी ५० बर्षीय बिरमती बाठा, घोराही उपमहानगरपालिका–१६ लेटार निवासी ४० बर्षीय सुशीला चौधरी र सोही ठाउँ निवासी २१ बर्षीय मालती चौधरी बिरामी भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक बिनोदविक्रम शाहले जानकारी दिए ।
बिरामी चारै जनाको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भईरहेको छ । उनीहरुले शुक्रवार घर नजिकैको जंगलमा उर्मिएको च्याउँ घरमा ल्याएर खाएको प्रहरीले जनाएको छ ।