दाङ,१८ साउन । घोराहीमा एकजना दश बर्षीया अपाङ्ग बालिका बलात्कार भएको छ । घोराही उपमहानगरपालिका वडा नं. १८ रझेना निवासी एकजना अपाङ्ग तथा सुस्त मनस्थिती भएकी दश बर्षीया बालिकामाथि बलात्कार भएको जाहेरीका आधारमा एकजनालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
उक्त अभियोगमा घोराही उपमहानगरपालिका वडा नं. १२ निवासी ३५ बर्षीय तेजबहादुर बस्नेत पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव निरीक्षक निर्मल खत्रीले जानकारी दिएका छन् ।
साउन दश गते विहान ११ बजेतिर घरमा अभिभावक नभएको मौका छोपी त्यही ज्याला मजदुरीको काम गर्न गएका बस्नेतले अपाङ्ग तथा सुस्त मनस्थिती भएकी बालिका एक्लै भएको समयमा जवरजस्ती बलात्कार गरेको भन्ने जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरी नायव निरीक्षक खत्रीले बताए ।
पीडित बालिकाको तर्फवाट सोही बेहोराको किटानी जाहेरीका आधारमा अभियुक्त बस्नेतलाई साउन दश गते नै पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । बलात्कारको अभियोग खेपेका बस्नेतमाथि म्याप थप गरि अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।ं