घोराही, २६ पुस
हिन्दू विद्यापीठ नेपाल दाङले आज पृथ्वीनारायण शाहको ३०२ औँ जन्मजयन्ती, एवं राष्ट्रिय एकता दिवस तथा महर्षि महेश योगी जयन्ती मनाएको छ ।
विद्यालयका प्रशासन प्रमुख तथा शिक्षक पिताम्बर रिजालको अध्यक्षता र बिद्यालयका सहायक प्राचार्य मधुसुदन पन्तको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा खड्ग शर्मा, सागर दहाल, बामदेब पोख्रेल, शोभा पोख्रेल, पुष्पा रावत, निमा बुढाथोकी लगायतले मन्तब्य राख्नुभएको थियो ।
कार्यक्रममा विद्यालयका सहायक प्राधानाध्यापक मधुसुदन पन्तले पृथ्वीनारायण शाह र महर्षि महेश योगीको बारेमा जानकारी गराउनुभएको थियो ।