Home / Feature Breaking news / सडक दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

सडक दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

दाङ,१२ साउन । घोराही–तुलसीपुर फोरलेन सडक विस्तारका क्रममा हेमपाइप राख्नका लागि खनिएको खाल्डोमा परी एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ ।

तुलसीपुर उपमहानगरपालिका– १० राईखनियान निवासी ३५ वर्षीय चुडामणी भण्डारीको सडक विस्तारको क्रममा खनिएको खाल्डोमा परेर मंगलवार विहान मृत्यु भएको हो ।

तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको रा ६ प ७२५ नम्बरको मोटरसाइकल तुलसीपुर उपमहानगरपालिका–७ पर्सेनीमा सडकमा हेमपाइप राख्नका लागि खनिएको खाडलमा खसेर दुर्घटना मोटरसाइकल चालक भण्डारीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख एव डिएसपी श्यामु अर्यालले जानकारी दिएका छन् ।

उनका अनुसार सडक खनेर समयमै नपुर्दा मोटरसाइकल मोटरसाइकल खाडल खस्दा दुर्घटना भएको थियो । दुर्घटनामा परेर अचेत भएका भण्डारीलाई उपचारका लागि तुलसीपुरस्थीत राप्ती प्रादेशिक अस्पतालमा पु¥याए लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*