Home / समाचार / वार्षिक उत्सवमा नायक पल शाहको सहभािगतामा चलचित्र पत्रकार संघले सांस्कृतिक कार्यक्रम गर्ने

वार्षिक उत्सवमा नायक पल शाहको सहभािगतामा चलचित्र पत्रकार संघले सांस्कृतिक कार्यक्रम गर्ने

दाङ, १९ साउन
चलचित्र पत्रकार संघ दाङले बार्षिकोत्सव विशेष सांस्कृतिक कार्यक्रम गरेर मनाउने भएको छ । आफ्नो वार्षीक उत्सवको अवसरमा भव्य कार्यक्रमको आयोजना गरेर मनाउने भएको हो । नेपाली चलचित्र क्षेत्रमा अहिलेका चर्चित एवं युवाहरुको रोजाई बनेका दंगाली नायक पल शाह सहित विभिन्न कलाकारहरुको सहभािगतामा विशेष सांस्कृतिक कार्यक्रम गरेर मनाउन लागेको शनिवार घोराहीमा पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।

जिल्लामा रहेका चलचित्र पत्रकारहरुलाई एकताबद्ध बनाएर पेशागत हकहितको संरक्षण गर्न, दाङमा जन्मिएर राष्ट्रिय तथा अन्र्तराष्ट्रियस्तरमा चर्चा कमाई रहेका कलाकारहरुलाई जिल्लामा पहिचान कायम राख्नको लागि बार्षिकोत्सवका अबसरमा विभिन्न कार्यक्रमको आयोजना गर्न थालेको संघका अध्यक्ष धु्रवराज न्यौपाने (डिआरएन)ले बताउनुभयो । आगामी भदौ ४ गते हुने कार्यक्रममा उद्घाटन कार्यक्रम, छलफल अन्र्तक्रिया, सम्मान तथा पुरस्कार वितरण र विभिन्न सास्कृतिक कार्यक्रमहरु आयोजना गर्न थालेको बताउनुभयो ।

दाङमा चलचित्रको विकासका धेरै सम्भावनाहरु हुँदा हुँदै पनि विभिन्न कारणले पछाडी परेको भन्दै भदौ ४ गते बार्षिकोत्सवका अबसरमा कलाकारहरु संग अन्र्तक्रिया गरीने उहाको भनाई छ । जिल्लाका कलाकारहरुको बनोवल बृद्धि गर्न, जिल्लालाई कला नगरीको रुपमा विकास गर्न, चलचित्र पत्रकार र कलाकारहरुको विचमा सम्बन्ध विस्तार गर्न, चलचित्र पत्रकारहरुको क्षमता अभिबृद्धि गर्न र ऐतिहासिक तथा सास्कृतिक महत्व झल्किनुका साथै पर्यटनमा सहयोग पु¥याउन कार्यक्रमले सहयोग पुग्ने आयोजकले अपेक्षा राखेको छ ।

कार्यक्रममा नेपाली चलचित्रका नायक पल शाह, बरिष्ठ चलचित्र पत्रकार शान्ति प्रिय, गायक कृष्ण काफ्ले, गायीका सहिमा श्रेष्ठ लगाएत जिल्लाका कलाकारहरु कार्यक्रममा आउने आयोजकले बताएको छ । कार्यक्रम सञ्चालनका लागि २ लाख ५० हजार अनुमानित खर्च रहेको संघका अध्यक्ष न्यौपानेले बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथी नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासन, संघका संस्थापक सल्लाहकार शरद अधिकारीले कार्यक्रमले दाङलाई चलचित्र क्षेत्रका लागि उपयुक्त स्थानको रुपमा विकास गर्नका लागि सहयोग पु¥याउने विस्वास ब्यक्त गर्नुभयो ।

संघका कोषाध्यक्ष शिब पुनको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रममा धन्याबाद उपाध्यक्ष देव यादबले दिनुभएको थियो भने सहजिकरण संघका सचिव सन्तोष केसीले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*