Home / Feature Breaking news / कृषिमा भबिष्य खोज्दै डिग्री होल्डर नवराज

कृषिमा भबिष्य खोज्दै डिग्री होल्डर नवराज

शिवराज खनाल

दाङ,१२ साउन । पछिल्लो समय नेपालमा कृषि तथा पशुपालन क्षेत्र बिस्तारै ओझेलमा पर्दै गएको बेला दाङ देउखुरीमा डिग्री होल्डर एक युवा कृषि व्यवसायमा भविष्य खोज्दै छन् । लमही नगरपालिका– ५ निवसी नवराज सुबेदी आफ्नै ठाउँमा कृषिमा भविष्य खोज्न लागि परेका हुन ।

लमहीमा रहेको रेडियो देउखुरीमा लामो समय पत्रकारिता गरेका सुवेदी केही बर्षअघि पढाइको सिलसिलामा काठमाडौ पुगे । आठ बर्र्ष पढाईका लागि काठमाण्डौमा बिताएका उनी केही समय अघि घरमा फर्किए । तर उनी जागिर खोज्ने चक्कर लागेनन । मान्छे सफल हुन जागिर मात्र होइन उद्यम पनि गर्न सकिन्छ भनेर उनी कृषि व्यवसायमा लागेको बताउँछन ।

‘मान्छे सफल हुने भनेको एउटा आर्थिक रुपमा सबल हुनु हो’–उनले भने–‘त्यसका लागि जागीर खानुपर्छ भन्ने मात्र होइन । त्यसैले जागीर भन्दा कृषि व्यवसायमा लागे ।’ अहिले उनी २ करोड लगानी लगाएर साढे सात बिगाह जमीनमा तरकारी खेती गरिरहेका छन् । उनले जग्गा भाडामा लिएको बार्षीक ४ लाख भाडा तिर्ने गरिरहेका छन् ।

बढ्दो सहरीकरणका कारण जग्गा लिजमा लिएर कृषितर्फ हास, कुखुरा, माछा, केरा व्यावसायिक खेती गरी रोजगारी सिर्जना गर्ने लक्ष्यका साथ उनी कृषिमा सक्रिय बनेका हुन् । स्वर्गद्वारी एकीकृत कृषि फर्ममार्फत सुवेदीले उक्त योजना अघि बढाईरहेको बताएका छन् । बाँझा रहेको जग्गामा व्यावसायिक कृषि गरी बढ्दै गरेको बेरोजगारीलाई कम गर्ने लक्ष्य रहेको फर्म सञ्चालक सुवेदी बताउँछन् । हाल उनी संग ५ जना कर्मचारी समेत रहेका छ्न ।

फर्ममा उत्पादन भएका माछा बजारीकरणका लागि दाङलगायतका बाहिरी जिल्लाका सहरहरुमा समेत पठाउने गरेको बताए । ‘परिश्रम गरे विदेश पनि जानुपर्दैन, जागिर नै गर्नुपर्छ भन्ने छैन’–उनले भने–‘मेहनत र आत्मविश्वास हुने हो भने कृषिबाट पनि राम्रो कमाउन सकिन्छ ।’ उनले राज्यले अनुदान, सहुलियत, उचित बजारीकरण, भौतिक पूर्वाधार बनाइदिए कृषि पेसामा लागेका युवाहरुलाई धेरै राहत उनी बताउँछन ।

पछिल्लो समय कृषि पेसालाई नयाँ सोच र नयाँ प्रबिधिबाट बिकास गरिरहेको अवस्थामा उचित बजार ब्यवस्था र कृषि ब्यवसायमा लाग्न खोजेका युवाहरूको लागि अनुदान र कृषि तालिमका आवश्यक रहेको उनले बताए । अहिले उनको फर्ममा ७ वटा पोखरीमा ३ प्रजातीका माछा , कडकनाथ , र लोकल गरि २ प्रजातीका कुखुरा र केरा खेती गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*