Home / Feature Breaking news / कांग्रेस र नेकपाको आह्वानः साझा उमेद्वार बुढाथोकी र पोख्रेललाई मतदान गरौँ

कांग्रेस र नेकपाको आह्वानः साझा उमेद्वार बुढाथोकी र पोख्रेललाई मतदान गरौँ

दाङ, १८ पुस

नेपाली काङ्ग्रेस क्षत्र नम्बर २ र घोराही नगर समितिले आसन्न दाङ उद्योग बाणिज्य संघको निर्वाचनमा आधिकारिक उम्मेदवारलाइ मतदान गर्न आहवान गरेका छन । क्षत्रीय समिती र नगर समितिले संघका अध्यक्षका आधिकारिक उम्मेदवार टंकसिह बुढाथोकी र कोषाध्यक्षका उम्मेद्वार सुशील पोख्रेललाइ मतदान गर्न आहवान गरेका हुन ।

क्षेत्र नम्बर २ का सभापती भुप बहादुर डागी,क्षत्र नम्बर २ ख का सभापती कमल गौतम तथा नगर सभापती मनोजकुमार बुढाथोकी ले बिज्ञपति जारी गर्दै यस्तो अपिल गरेका हुन ।

उनिहरुले बुढाथोकी र पोख्रेल नै आधिकारिक उम्मेद्वार भएको भन्दै भ्रममा नपर्न पनि आग्रह गरेका छन । बुढाथोकी र पोख्रेल बाहेकका अन्य उम्मेद्वार काङ्ग्रेसका आधिकारिक नभएको पनि बिज्ञपति मा उल्लेख गरिएको छ ।

यसैबिच नेकपाको उद्योग बिभागले पनि बुढाथोकी र पोख्रेल साझा उम्मेद्वार रहेको भन्दै उनिहरुलाइ मतदान गर्न आहवान गरेको छ । नेकपा उद्योग बिभाग प्रमुख गेहेन्द्र बस्नेत र उपप्रमुख यज्ञ केसिले बिग्यप्ती जारी गर्दै सहमतिय आधारमा बुढाथोकी अध्यक्ष पदका उम्मेदवार चुनिएको र पोख्रेल कोषाध्यक्ष पदका साझा उम्मेद्वार चयन भएको उल्लेख गरेका छन ।

साथै उनिहरुले सहमतिय आधारमा चुनिएका उम्मेदवारलाइ मतदान गरि बिजयी बनाउन पनि नेकपाको उद्योग बिभागले अपिल गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*